आम्बोट गाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आम्बोटे गाउँ, पर्वत जिल्ला, त्रिबेनि गा.वि.स.मा पर्छ। यस् सानो गाऊमा १४ वोटा घरहरू छन्। यस् गाऊको आस-पासमा अरु गाऊहरू र बजार पनि छन् जस्तै अर्थुन् बजार, चिन्नेखर्का, घुसुड्, अल्लटारी, भर्मा आदि। यस् गाऊको दुई तर्फै साना-साना खोलाहरू बग्दछन्। ई दुईटा खोलाहरू मध्य एऊटा खोला आम्बोट् गाऊ र चिन्नेखर्काको बीचमा बग्छ। त्यो खोला बोकेखोलाको नामले प्रसिद्ध छ र आर्को खोला भर्मा बाट हुदै आऊछ। त्यो खोला आम्बोट् गाऊ र अल्लटारीको बीचमा बग्छ। त्यो खोला भर्माखोलाको नामले प्रसिद्ध छ। ई दुईटै खोलाहरू अर्थुन् बजारमा स्थित सेती खोलामा गएर मिल्छन्। त्यो सेती खोला प्रसिद्ध काली गण्डकीमा गएर मिल्छ्। प्रसिद्ध काली गण्डकी स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको बीचमा स्थित छन्। प्रसिद्ध शालिग्राम शिला स्याङ्जा जिल्लामा स्थित छन्। काली गण्डकी र शालिग्राम शिला गाऊ आम्बोट् बाट ८-९ कि.मी. टाढा पर्छ।

सामाजिक संरचना[सम्पादन गर्नुहोस्]

यस् गाऊ का मानिस् हरू राम्रो व्योहार का छन्। यस् गाऊ का बच्चाहरू पढ्नका लागि अर्थुन् बजारमा स्थित स्कूलमा जान्छन् र उच्च शिक्षाको लागि क्याम्पसको पनि प्रबन्ध छ। यस् गाउँका धेरै परिवारहरू मधेश गई बसेका छन् र धेरै परिवारहरू केही समयको लागि विदेश गई बसेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]