आरजु राणा देउवा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
आरजू राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन्। डडेलधुरा, असीग्राम स्थायी ठेगाना भई काठमाडौं, बुढानीलकण्ठ निवासी ४५ वर्षीया आरजु राणा देउवा हाल समानुपातिक तर्फबाट चुनिएर नेपाली कांग्रेसका सभासद छिन्। भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएच्.डी.) गरेकी सभासद देउवा आफ्ना श्रीमान् पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको उत्प्रेरणाबाट राजनीतिमा सक्रिय भएको बताउँछिन्। राप्रपा नेत्री आफ्नी आमा प्रतिभा राणा लामो समयदेखि राजनीतिमा क्रियाशील रहेकाले समेत राजनीतिप्रति आफ्नो चाख बढेको बताउने देउवा नेपाली काङ्ग्रेस, महासमिति सदस्य छिन्। राज्यका प्रत्येक अंगमा महिलाको उचित प्रतिनिधित्व भएपछि मात्र मुलुक विकासको मार्गमा द्रुत गतिले अघि बढ्न सक्ने उनको विश्वास छ। राजनीति बाहेक गैरसरकारी संस्था संचालनमा संलग्न सभासद देउवाले साथी, समानता लगायत एनजीओहरूको संचालन गर्दै आएकी छिन्। एक छोराकी आमा देउवा 'सुरक्षित मातृत्व संजाल'को संचालनमा समेत सक्रिय छिन्। समाजसेवा र विशेष गरी महिला सशक्तीकरण उनको विशेष रुचिको क्षेत्र हो। संविधानसभामा उनले प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुख्य मुद्दा हुन्―
-
- क. राज्यको पुनः संरचना,
- ख. राज्यका सबै अंगमा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था।