आलेक्सान्द्रा कोलोन्ताइ

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
Alexkollontai.jpg

आलेक्सान्द्रा मिखाइलोभ्ना कोलोन्ताइ (Алекса́ндра Миха́йловна Коллонта́й) (१८७२-१९५२) - उनी १८९० के दशकदेखि सामाजिक-जनवादी भइन् । अन्तर्राष्ट्रिय समाजवादी महिला आन्दोलनमा सक्रिय भएकी उनी १९१४ अघि मेन्शेभिककी सदस्य थिइन् । १९१७ मा कोलोन्ताइ पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन् ।

रुसको अक्टोबर क्रान्तिपछिको सोभियत सरकारमा कोलोन्ताइलाई सामाजिक कल्याणको कमिसार (मन्त्री) बनाइयो । सोभियत इतिहासमा उनी पहिलो महिला मन्त्री हुन् । बुखारिनसँग 'लेफ्त कम्युनिष्ट' फ्याक्शनमा रहिन् र जर्मनीसँग भएको ब्रेस्त-लितोभ्स्क शान्ति सम्झौताको विरोध गरिन् । यसअघि तीनथरी विचार देखा परेको थियो । लेनिन यसमा तत्काल हास्ताक्षर गर्ने पक्षमा थिए, जर्मनीमा क्रान्ति हुने आसमा त्रोत्स्की सम्झौता टार्ने पक्षमा थिए र वर्कर्स अपोजिसन्का नेता जर्मनीविरुद्ध क्रान्तिकारी युद्धको पक्षमा थिए।

पछि, कोलोन्ताइलाई मेक्सिकोस्क्यान्डिनेभियाली मुलुकमा कूटनीतिक पदमा पठाइयो ।