इक्वेडर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इक्वेडोरबाट अनुप्रेषित)
इक्वेडर गणतन्त्र
República del Ecuador  (स्पेनी)
इक्वेडरको झन्डा
झन्डा
इक्वेडरको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
  • "Dios, patria y libertad" (स्पेनी)
  • "Pro Deo, Patria et Libertate" (रोमन)
  • "भगवान, मातृभूमि र स्वतन्त्रता"
राष्ट्रिय गान: Salve, Oh Patria  (स्पेनी)
Hail, Oh Homeland
 इक्वेडर-अवस्थिति (गाढा हरियो) दक्षिण अमेरिका-এ (grey)
 इक्वेडर-अवस्थिति (गाढा हरियो)

दक्षिण अमेरिका-এ (grey)

राजधानी
र सबैभन्दा ठुलो सहर
क्विटो
००°९′द॰ ७८°२१′प॰ / ०.१५०°S ७८.३५०°W / -0.150; -78.350
आधिकारिक भाषाहरूस्पेनी[१]
मान्यता प्राप्त आञ्चलिक भाषाहरूकिचवा (Quichua), Shuar and others "are in official use for indigenous peoples"[२]
जातिगत समूहहरू
  • ७१.९% मेस्तिजो
  • ७.४% मोन्तुबियो
  • ७.२% अफ्रिकी-इक्वेडेरियाली
  • ७% अमेरइन्डिया
  • ६.१% श्वेत
  • ०.४% अन्य
सरकारएकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र
गिएर्मो लासो
ऐल्फ्रेदो बोरेरो
व्यवस्थापिकाराष्ट्रिय सभा
स्वतन्त्रता
• घोषणा
सन् १८०९ अगस्ट १०
• स्पेनबाट
सन् १८२२ मे २४
सन् १८३० मे १३
• स्पेनद्वारा मान्यता
सन् १८४० फेब्रुअरी १६[४]
सन् २००८ सेप्टेम्बर २८
क्षेत्रफल
• जम्मा
२,५६,३७० किमी (९८,९९० वर्ग माइल)a (७३औँ)
• पानी (%)
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
१,७७,१५,८२२ (६६औँ)
• सन् २०१० जनगणना
१,७३,००,०००
• घनत्व
६७ /किमी2 (१७३.५ /वर्ग माइल) (१५१औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$२०२.०४३ बिलियन[५]
• प्रति व्यक्ति
$११,७०१[६]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$१०६.२८९ बिलियन[५] (६५औँ)
• प्रति व्यक्ति
$६,६४०[५]
गिनी (सन् २०१४)Positive decrease ४५.४[७]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१५)वृद्धि ०.७३९[८]
उच्च · ८९औँ
मुद्राअमेरिकी डलर (USD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−५ / −६ (इसिटी / जिएएलटी)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५९३
इन्टरनेट डोमेन.ec
  1. Including Galápagos.
  2. Sucre until 2000, replaced by the US$ and Ecuadorian centavo coins.

इक्वेडर आधिकारिक रूपले इक्वेडर गणतन्त्र (शाब्दिक रूपले 'भूमध्य रेखीय गणतन्त्र'), दक्षिण अमेरिकामा स्थित एकि प्रतिनिधि लोकतान्त्रिक गणतन्त्र हो। यस देशको उत्तरमा कोलम्बिया, पूर्व र दक्षिणमा पेरू र पश्चिमतिर प्रशान्त महासागर स्थित रहेको छ। यो दक्षिण अमेरिकामा, अन्यमा चिली बाहेक त्यस्तो देश हो जसको सीमा दुई देशहरू ब्राजिलका साथ मिल्दैन। यस देशको पश्चिममा प्रशान्त महासागरमा स्थित गालापोगोस द्वीप पनि पर्ने गर्दछ। भूमध्य रेखा, जसको आधारमा देशको नाम राखिएको हो, इक्वेडरलाई दुई भागमा विभाजित गर्दछ। यस देशको राजधानी र सबभन्दा ठुलो सहर क्विटो हो।

आधुनिक इतिहास[सम्पादन गर्नुहोस्]

सन् १५३३ मा स्पेनद्वारा विजय प्राप्त गर्नुभन्दा अघिसम्म इक्वेडर उत्तरी इङ्का साम्राज्यको एउटा अंश थियो। सन् १५६३ मा क्विटो स्पेनी साम्राज्यको एउटा केन्द्र बने अनि सन् १७१७ मा न्यू ग्रानाडाका भाइसरोयल्टीको भाग बने। भाइसरोयल्टीको क्षेत्रहरू जस्तै- न्यू ग्रानाडा (कोलम्बिया), भेनेजुएलाक्विटो ले सन् १८१९ र सन् १८२२ को समयमा आफ्ना-आफ्ना स्वतन्त्रताको घोषणा गरे अनि ग्रान कोलम्बियाका नामबाट एउटा महासंघ बनाए। सन् १८३० मा जब क्विटो महासंघबाट छुटियो त्यतिबेला यसको नाम "भूमध्य रेखीय गणराज्य" राखियो। सन् १९०४ देखि सन् १९४२ को मध्यतिरको समयमा छिमेकी देशहरूसँग संघर्षका कारण इक्वेडरलाई आफ्नो धेरै भू-भाग गुमाउनुपरेको थियो। सन् १९९५ मा पेरूको साथ सीमा विवादका कारण जुन युद्धको अग्नी प्रज्वलित भइरहेको थियो त्यो सन् १९९९ मा समाधान गरिएको थियो। यद्यपि सन् २००४ मा इक्वेडर नागरिक शासनको २५ वर्ष पुरा गरिरहेको थियो, तर यो पूरा समयमा राजनितिक उथल-पुथल ले भरिपूर्ण रहेको थियो। क्विटो मा भएको विरोध प्रदर्शनका कारण इक्वेडरमा पछिल्लो तीन लोकतान्त्रिक सरकारलाई कार्यकाल पूरा हुनु पूर्व नै अपदस्त हुनुपरेको थियो। सन् २००७ मा नयाँ संविधानको रुपरेखा तयार गर्नका लागि संविधान सभाको चुनाव गरियो अनि स्वतन्त्रता प्राप्ति पश्चात यो इक्वेडरको २०औं संविधान रहेको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ecuador", The World Factbook, अन्तिम पहुँच १८ अगस्ट २०११ 
  2. "Constitución Política de la República del Ecuador", अन्तिम पहुँच सेप्टेम्बर १३, २०१४ 
  3. EL UNIVERSO (२ सेप्टेम्बर २०११), "Población del país es joven y mestiza, dice censo del INEC – Data from the national census 2010 (2011-09-02)", El Universo, मूलबाट २४ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१४ 
  4. España (जनवरी १, १८४१), "Tratado de paz y amistad celebrado entre España y la República del Ecuador: en 16 de febrero de 1840", en la Imprenta Nacional – Google Booksद्वारा। 
  5. ५.० ५.१ ५.२ "Ecuador", International Monetary Fund। 
  6. "Report for Selected Countries and Subjects: Ecuador GDP", Internatinal Monetary Fund 
  7. "Gini Index", World Bank, अन्तिम पहुँच नोभेम्बर ९, २०१६ 
  8. "2015 Human Development Report", United Nations Development Programme, २०१५, अन्तिम पहुँच डिसेम्बर १४, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]