इचोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। इचोक गाविस सिन्धुपाल्चोक जिल्लाको पश्चिम भेगमा पर्दछ। यस गाविसको कुल क्षेत्रफल ३७२१ वर्ग किलोमिटर छ भने जिल्ला सदरमुकामबाट १३ कोष टाढा पर्दछ। गाविसको पूर्वमा किउल र पाल्चोक पश्चिममा काठमाडौ जिल्ला दक्षिणमा महांकाल उत्तरमा हेलम्बु गाविसहरू पर्दछन्। इचोक गासिव पाल्चोक थुम अन्तर्गत पर्दछ। यस गाविसमा तामाङ जातिको बाहुल्यता रहेको छ। राजधानी काठमाडौबाट नजीकै भएपनि े्र यस गाविसमा भौतिक पूर्वाधारहरूको विकास न्यून देखिन्छ। प्रायजसो इचोकका जनताहरू खेतीकिसानीमा व्यस्त हुन्छन्। वि।सं। २०५८ सालको जनगणनामा इचोक गाविसको जनसंख्या ५८४८ र घरपरिवार संख्या ११७३ थियो। प्राकृतिक सुन्दरता र तामाङ संस्कृतिको धनी गाविसको रूपमा इचोक प्रसिद्ध छ।[१]
- ↑ "इचोक"