इण्डिया गेट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इण्डिया गेट

इण्डिया गेट (भारत द्वार) नयाँ दिल्लीको राजपथमा स्थित ४३ मीटर अग्लो द्वार हो। यस द्वारको निर्माण प्रथम विश्वयुद्धअफगान युद्धमा शहीद भएका सैनिकहरूको स्मृतिमा गरिएको थियो। सैनिकहरूको स्मृतिमा यहाँ एउटा राइफलमाथि सैनिकको टोपी लगाइएकोछ जसका चार कुनामा सदैव अमर जवान ज्योति बली रहन्छ। यसका भित्ताहरूमा हजारों शहीद सैनिकहरूका नामहरू खोपिएकाछन्। यसको सबभन्दा माथि अङ्ग्रेजीमा लेखिएको छः

अङ्ग्रेजी

To the dead of the Indian armies who fell honoured in France and Flanders Mesopotamia and Persia East Africa Gallipoli and elsewhere in the near and the far-east and in sacred memory also of those whose names are recorded and who fell in India or the north-west frontier and during the Third Afgan War.

नेपालीमा अनुवाद

भारतीय सेनाहरूका शहीदहरूकोलागि, जो फ्रांसफ्लैंडर्स मेसोपोटामिया फारस पूर्वी अफ्रीका गैलीपोलीनिकटपूर्व एवं सुदूरपूर्वका अन्य स्थानहरूमा शहीद भए, र उनीहरूको पवित्र स्मृतिमा पनि जसका नामहरू दर्ता गरिएकाछन् र जो तेस्रो अफगान युद्धमा भारतमा अथवा उत्तर-पश्चिमी सीमामा मृतक भए।

अमर जवान ज्योति

दिल्लीका अति महत्वपूर्ण सडकहरू इण्डिया गेट भएर जान्छन्। राति यहाँ मेला जस्तो वातावरण हुन्छ।

बाहिरी सूत्रहरू[सम्पादन गर्ने]