इन्द्रमती यादव

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

२८ वर्षीया सभासद् कविता माओवादी कपिलवस्तु सदस्य हुनुहुन्छ। ०५९ देखि राजनीतिमा लाग्नुभएकी यादवले ०६०मा माओवादी पार्टीको सदस्यता पाउनुभएको थियो। उहाँ माओवादी एरिया समितिको सदस्य छँदा उहाँको श्रीमान् सोमइप्रसाद यादव मारिनुभएको थियो। जनमुक्ति सेनामा काम गर्नुभएका उहाँका श्रीमान् त्यसबेला माओवादी कपिलवस्तु सदस्य भएर सञ्चार क्षेत्रमा काम गर्नुहुन्थ्यो। ०६० असोज २८मा उहाँको श्रीमान् मारिदा उहाँ गर्भवती हुनुहुन्थ्यो। उहाँको पाँच वर्षीय छोरा छन्। उहाँले ६ वर्षको उमेरमा ८ वर्षीय सोमइप्रसाद यावदसँग विहे गर्नुभएको थियो। त्यसपछि उहाँ १७ वर्षको उमेरमा गौना गरेर श्रीमान्को घर जानुभएको थियो।

अवधी भाषी गरीब किसान परिवारका श्रीपाती र बुधई यादवका छोरीको रूपमा हेरिपुर ५ नोदीहवामा जन्मनुभएकी यादव औपचारिकरूपमा ५ कक्षासम्म मात्र पढ्नुभएको छ।

आफू र आफ्नो परिवारले जनयुद्धमा गरेका बलिदान र लगानीका कारण नै आफूलाई र आफ्नो दल माओवादीलाई जिताएको बताउनुहुन्छ। मधेसी महिलाको उत्थानका लागि अधिकारलाई सुनिश्चितता संविधानमै गराउने उहाँको मुख्य एजेण्डा रहेको छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा