इन्द्रावती अधिकारी (दनुवार)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् दनुवार संविधानसभामा अल्पसंख्यक भित्री मधेसका आदिवासी दनुवार जातिबाट सभासद् बन्ने एक मात्र सभासद् हुनुहुन्छ। शहीद जामुन दनुवापत्नी ४१ वर्षीया इन्द्रावतीका परिवार नै जनयुृद्धमा होमिएको थियो। श्रीमान् जनयुद्धमा सामेल भएका कारण सामान्य गृहिणीको भूमिकालाई पनि सरकारी सेना पुलिसले नसहेपछि उहाँ ०

५९ देखि माओवादी जनयुद्धमा पूर्णकालीन हुनुभएको थियो। उहाँका एक छोरा र तीन छोरी सबै माओवादीमै पूर्णकालीन छन्। उहाँ माओवादी उदयपुर सदस्य र दनुवार मुक्तिमोर्चाको केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ।

सामान्य साक्षर मात्र दनुवार एक गरीब किसान परिवारमा जन्मनुभएको थियो। सिन्धुलीको दुधौली माइती भए पनि उहाँ आफ्नै घर उदयपुर कटारी -६ खैरेनी क्षेत्रमै राजनैतिक थलो बनाउनुभयो।

गरीब जनता र महिलाको अधिकारलाई संविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा रहेको छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा