इश्वरीप्रसाद दाहाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सभासद् ईश्वरीप्रसाद दाहाल 'असारे काका' माओवादी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। असारे काकाका नामले माओवादीमा परिचित ६७ वर्षीय दाहाल माओवादीको स्वास्थ्यकर्मी संघको पहिलो अध्यक्ष पनि हुनुहुन्छ। ०११ देखि कांग्रेसको राजनीति थाल्नुभएका दाहाल ०२३ सम्म कांग्रेसमै रहनुभयो। ०२४मा पुष्पलाल समूहमा प्रवेश गरेर वाम राजनीतिमा लाग्नुभएका काका ०३३मा चौथो महाधिबेसनमा प्रवेश गर्नुभयो। पार्टी विभाजनपछि मोहनविक्रमतिर र फेरि पनि फुटेपछि मोहन वैद्य किरणले नेतृत्व गरेको मशालमा लाग्नुभयो। काका ०४०मा मोहनविक्रम सिंहको नेतृत्वमा रहेको मसालको केन्द्रीय सदस्य हुनुभयो। ०३५ देखि भूमिगत राजनीति थाल्नुभएका काका ०५८मा माओवादी केन्द्रीय सदस्य हुनुभयो।

काकाले ८ वर्ष बाँसबारी छालाजुत्ता कारखानामा काम गर्नुभयो। केही समय पढाउनुभयो। आइएसम्म पढ्नुभएका काका अखिल नेपाल टे्रड युनियन महासंघको संस्थापक अध्यक्ष हुनुहुन्छ।

पार्टीको एजेण्डा नै सविधानमा लेखाउने आफ्ना एजेण्डा रहेको बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा