इश्वरी न्यौपाने

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

इश्वरी न्यौपाने

दाङमा जन्मी कैलाली, थापापुरमा स्थायी बसोबास गर्ने ईश्वरी न्यौपाने समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४९ वर्षीया न्यौपानेले विद्यार्थी राजनीति मार्फत २०३५ सालबाट राजनैतिक यात्रा शुरु गर्नुभएको हो। २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारप्रसारमा सक्रिय रहेकी न्यौपाने २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा विशेष क्रियाशील हुनुहुन्थ्यो। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन विरोधी आन्दोलनमा विशेष क्रियाशील रहँदा २०६२ सालमा उहाँ १ महीना नजरबन्दमा पर्नुभएको छ। नेपाल महिला संघका केन्द्रीय सदस्य रहिसकेकी न्यौपाने हाल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक ईश्वरी न्यौपाने २ छोरा, १ छोरीकी आमा हुनुहुन्छ। साहित्य र समाजसेवामा उहाँको विशेष रुचि छ। सैद्धान्तिक प्रतिवद्धता, राजनैतिक क्रियाशीलता र पार्टी कार्यमा लगनशीलताले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। सभासद न्यौपाने आफूले संविधानसभामा मानव अधिकार र विधिको शासन तथा महिला अधिकारको सुनिश्चितताका मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने अठोट गरेको बताउनुहुन्छ।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा