इसलाममिया धोवी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

संविधानसभामा मुश्लिम समुदायबाट प्रतिनिधित्व गर्ने १६ जना सभासद्मध्ये एक हुनुहुन्छ इश्लाम मिया धोबी 'इश्लाम हवारी'। मुश्लिम मुक्तिमोर्चा पर्सा संयोजक तथा माओवादी पर्सा सदस्य पनि हुनुहुन्छ। ०२४ देखि वाम राजनीतिमा लाग्नुभएका ५४ वर्षीय हवारी माओको रेड बुक पढेर उहाँ खाँटी कम्युनिष्ट हुनुभएको थियो। उहाँको घरमा आउने माओका रेड बुकलाई भूमिगत हिसाबले पुर्‍याउने काम गर्दागर्दै वहाँ कम्युनिष्ट हुनुभयो। उहाँ ०३५ पछि ७ वर्ष त रूपचन्द्र विष्टकोमा काम गर्नुभयो। ०४६ पछि उहाँ मालेहुँदै एमाले बन्नुभयो। र, ०५३मा माओवादीमा आउनुभयो। उहाँले मजदर क्षेत्रमै काम गर्नुभयो। उहाँ मजदुर युनियनको भोजपुरा राज्य समितिमा हुनुहुन्छ। यसैगरी गार्मेन्ट मजदुर संघको केन्द्रीय सदस्य हुनुहुन्छ। दुई छोरा ६ छोरीका पिता हवारी सिलाइको काम गरेर एसएलसी गरी शिक्षण पनि गर्नुभयो। सिलाइसँगसँगै उहाँले ६ वर्ष शिक्षण गर्नुभयो। ०३२मा उहाँ खरीदार पनि हुनुभयो। उहाँका दाजु माओवादी क्षेत्रीय समितिमा हुनुहुन्छ। आइएस्सी सम्मको औपचारिक शिक्षा लिनुभएका हवारीको अल्पसंख्यक जातिको पनि संविधानमा अधिकार सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा