उत्तर आधुनिकतावाद

नेपाली विकिपीडियाबाट
(उत्तरआधुनिकतावाद बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उत्तरआधुनिकतावाद आधुनिकताको सबैभन्दा नवीनत्तम उपागम जनाउने शव्द हो।

उत्तरआधुनिकतावादको परिचय र विकास[सम्पादन गर्ने]

सन् १९३४मा फेडरिको डि ओनिसले सर्वप्रथम postmodernismo शब्दको प्रयोग गरेका छन्। त्यसपछि आर्नोल्ड टोयन्बीले A Study of Historyको पाँचौँ भाग (१९३९)मा postmodernism शब्दको प्रयोग दुई विश्वयुद्धका बीचको समय (१९१८–१९३९) जनाउनाका लागि गरेका छन्। यसरी उत्तरआधुनिक÷उत्तरआधुनिकता÷उत्तरआधुनिकतावाद शब्दको प्रयोग अगिबाटै भएको पाइए तापनि यसको खास विकास दोस्रो विश्वयुद्धपछिका दशकहरूमा भएको हो। उत्तरआधुनिकतावादको थालनी कसैले सन् १९४५ देखि, कसैले सन् १९६० देखि, कसैले सन् १९६८ देखि, कसैले सन् १९७० देखि र कसैले सन् १९८० देखिमाने तापनि यसको उठान मोटामोटी सन् १९६० पछिको समयमा भएकोमानिन्छ।

दृष्टिकोण्[सम्पादन गर्ने]

उत्तरआधुनिकताको विकारबारे निम्नलिखित तीन प्रमुख दृष्टिकोणहरू रहेका छन् ः (१) उत्तरआधुनिकता आधुनिकताको विरोधमा आएको प्रवृत्ति हो। यसले आधुनिकतालाई समाप्त पारेको छ। (२) यो आधुनिकताबाट विकसित भएको हो। यो आधुनिकताकै विस्तार र निरन्तरताको कडी हो। (३) यो केहीमात्रामा आधुनिकता हो र केहीमात्रामा नयाँ प्रवृत्ति हो। यसमा कतिपय आधुनिकताका धारणाले स्थान पाएका छन् भने कतिपय नयाँ धारणाहरू समाविष्ट हुन आएका छन्।

आलोचना/विवेचना[सम्पादन गर्ने]

उत्तरआधुनिकतालाई कसैले सार्थक शब्द र कसैले निरर्थक शब्दमानेका छन्। त्यस्तै कसैले यसलाई उदारवादी आन्दोलन, कसैले रूढिवादी आन्दोलन र कसैकसैले नवरूढिवादी आन्दोलन पनि भनेका छन्। कसैकसैले यसलाई नवअग्रसर (new avant-garde) वाद र केवल आधुनिकतावाद पनि भनेका छन्। आधुनिकता र उत्तरआधुनिकतामा स्पष्ट सीमारेखाकोर्न सम्भव नभएकाले पनि उत्तरआधुनिकता शब्दको प्रयोगमा अस्थिरता देखिएको हो। यसको अर्थ ठाउँ, सभ्यता र संस्कृतिअनुसार भिन्नभिन्न हुन्छ र यसलाई परिभाषित गर्न कठिन छ। उत्तरआधुनिकतावादको थालनी कलाका क्षेत्रबाट भएकोमानिन्छ। यसको प्रथम र प्रारम्भिक प्रयोग आधुनिकतावादी कलाबाट विच्छेदका रूपमा भएको छ। कलाक्षेत्रबाट यसको प्रसार सामाजिक–सांस्कृतिक सिद्धान्तका क्षेत्रमा हुन गएको देखिन्छ।

फैलावट=[सम्पादन गर्ने]

उत्तरआधुनिकतावादले अत्यन्त ठूलो क्षेत्र ओगटेको छ। उत्तरआधुनिकतावादको ठूलो छाताभित्र साहित्य सिद्धान्त तथा समालोचनाका विनिर्माणवाद, नारीवाद, नवइतिहासवाद, नवव्यावहारिकतावाद, नवमाक्र्सवाद आदि पर्छन्।यो साहित्यका अतिरिक्त कला, सङ्गीत, नृत्य, दर्शन,मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण, विज्ञान, स्थापत्य, न्याय आदि ज्ञानविज्ञानका सबैजसो क्षेत्रमा फिंजिएको छ, जस्तै—

कला------------------रेसनबर्ग, वारहोल, जोजेफ बाइज

वास्तुकला----------- जेन्क्स, एन्तुरी, बोलिन

सङ्गीत-------------- जनकेज, लरी एन्डर्सन, स्टक हाउजेन

नृत्य------------------मेरिडिथ मोङ्क

दर्शन----------------- जाक डोरिडा, बद्रिलर्ड, फ्राँस्वाँ ल्योटार्ड, रोर्टी

मानवशास्त्र---------- क्लिफोर्ड,मार्कुस

इतिहास------------- मिसेल फुको

राजनीतिशास्त्र------ ह्याबर्मास

मनोविश्लेषण-------- लकँ, ब्राउन

विज्ञान--------------- कुन

  • id=2141 उत्तरआधुनिकतावादको सैद्धान्तिक स्वरूप