उत्तरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तरा आफ्नो पति अभिमन्युका साथमा

उत्तरा राजा विराटकी छोरी अर्जुनकी बुहारी एवं अभिमन्युकी पत्नी एवं बृहदग्रन्थ महाभारतकी एक पात्र र राजा परिक्षितकी आमा पनि हुन् । पाँच पाण्डव जब गुप्तवासको समयमा थिए त्यो उनीहरू आफ्नो रूप नाम परिवर्तन गरेर विराटराजाको राजधानी तथा वर्तमानमा नेपालको औद्योगिक शहर विराटनगरमा बास बसेका थिए । त्यस समयमा अर्जुनबाट प्रभावित राजाले आफ्नी छोरी उनलाई दिने प्रस्ताव राखेका थिए र अर्जुनले उत्तरालाई छोरीको दृष्टिले हेरेको हुनाले आफ्नो छोरो अभिमन्युका साथ विवाह गर्ने वचन दिए । [१] [२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]