उत्तर प्रदेशका जिल्लाहरु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भारतीय राज्य उत्तर प्रदेशको सिमाना नेपाल लगायत भारतीय राज्य बिहार, झारखंड, छत्तीसगढ़, मध्य प्रदेश, राजस्थान, हरियाणा, उत्तराखंड र राष्ट्रिय राजधानी क्षेत्र दिल्लीसँग जोडिएको छ। राज्यको उत्तरमा हिमालय र दक्षिणमा दक्कनको पठार रहेको छ। उनीहरूको बीचमा गंगा, यमुना, घाघरा पूर्व तर्फ बगेको छ। उत्तर प्रदेशलाई तीन अलग क्षेत्रहरू, दक्षिणी पहाड र गङ्गाको मैदानमा बाडन सकिन्छ।

उत्तर प्रदेशका जिल्लाहरू

१९४७मा जब भारतले स्वतन्त्रता प्राप्त गर्‍यो, संयुक्त प्रान्तको नाम फेरेर उत्तर प्रदेश राखियो।[१] पूर्व राजसी राज्य टिहरी गढवाललाई १ अगस्ट १९४९मा उत्तर प्रदेशमा गाभियो। [२]रामपुरलाई १ डिसेम्बर१९४९मा उत्तर प्रदेशमा एउटा जिल्ला बनाएर गाभियो। [३]। १९५६को राज्य पुनर्गठन ऐनले उत्तर प्रदेश प्रान्तको स्थितिमा कुनै विशेष प्रभाव पारेन।

०९ नोभेम्बर २०००मा उत्तर प्रदेशबाट केही विशेष भू-भागलाई छुट्याएर एउटा नयाँ प्रान्त उत्तराञ्चल बनाइयो। पछि यो प्रान्तको नाम पुन: फेरे र उत्तराखण्ड राखियो। उत्तर प्रदेशबाट छुट्याइएका ती भू-भागहरू थिए: पौडी गढवाल, टिहरी गढवाल, उत्तर काशी, चमोली, देहरादून, नैनीताल, अल्मोडा, पिथौडागढ, उधम सिंह नगर, बागेश्वर, चम्पावत, रुद्रप्रयाग र हरिद्वार जिल्ला। [४]

उत्तर प्रदेशमा अब ७१ वटा जिल्लाहरू र १८ मण्डलहरूमा बाडिएकाछन्। यहाँ जिल्लाहरू जिलाधीशद्वारा प्रशासित छन, र मण्डलहरू मण्डल आययुक्तद्वारा प्रशासित छन्। यस प्रदेशको राजधानी लखनऊ हो, जो लखनऊ जिल्लाबाट गठन गरिएको छ। धेरै अरु जिल्लाहरू छन् जुन प्रशासनिक इकाईको रूपमा महकुमाब्लकमा बाँडिएका छन, जुन एस डी ओ वा बी डी ओद्वारा क्रमश: प्रशासित छन्।

यस प्रदेशमा स्थनिय निकायको तीन स्तरीय ढाँचा छन्। प्राथमिक इकाईलाई ग्राम पञ्चायत भनिएका छन, जुन गाँउहरूको संग्रहको पञ्चायत संगठन हो। ब्लक स्तरिय संगठनलाई पञ्चायत समिति, र जिल्ला स्तरीय संगठनलाई जिल्ला परिषदको नाम दिइएकोछ।

उत्तर प्रदेशमा ७१ वटा जिल्लाहरूको सूची यस प्रकार छः

सन्दर्भ[सम्पादन गर्ने]

हेर्नुहोस[सम्पादन गर्ने]

उत्तर प्रदेशका मण्डलहरू