उपनिषद्

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उपनिषद् हिन्दू धर्मको एक महत्त्वपूर्ण श्रुति धर्मग्रन्थ हो। यसमा परमेश्वर, परमात्मा-ब्रह्म तथा आत्मको स्वभाव र सम्बन्धका बारेमा दार्शनिक तथा ज्ञानपूर्वक वर्णन दिईएको छ। यसलाई वेदको आध्यात्मिक पक्षको सहायकको रूपमा मान्न सकिन्छ। उपनिषद् सम्पूर्ण भारतीय दर्शनहरू जस्तै वेदान्त, जैन धर्म तथा बौद्ध धर्मको मूल ग्रन्थ हो। उपनिषद्हरू १०८ वटा छन्। ती मध्ये पहिला १० वटालाई प्रमुख उपनिषद् मानिन्छन्।

शब्द बनौट[सम्पादन गर्ने]

उपनिषद् संस्कृतका दुई शब्दहरू उप तथा निषद मिलेर बनेको हो। संस्कृतमा उपको अर्थ हुन्छ नजीकैनिषदको अर्थ हुन्छ बस्नु। त्यसैले शाब्दिक रूपमा उपनिषद्ले नजीकै बस्नु भन्ने जनाउँछ। उपनिषद्ले गुरु शिक्षा प्रचलन अनुसार गुरुको नजीकै बसेर ज्ञान प्राप्त गर्ने भन्ने जनाउँछ। साधारण शब्दकोषमा उपनिषद् लाई अध्यात्मिक ज्ञानको रूपमा परिभाषित गरेको पाइन्छ। आदि शंकराचार्यले उपनिषद्लाई आत्मज्ञान अथवा ब्रम्हज्ञान बराबर भएको बताएका छन्।

परिचय[सम्पादन गर्ने]

बेद्मा चार प्रभाग हुन्छन् | ति हुन:- संहिता, ब्राह्मण, आरण्य र उपनिषद् |

  • संहितामा बैदिक देव् देवीको स्तुति र मन्त्र छन् ।
  • ब्राह्मण बैदिक कर्म काण्ड सङ्ग सम्बन्धित छ|
  • आरण्यकमा कर्मकाण्ड र यज्ञ आदिको रूपक कथा एवम ब्याख्या छन् ।
  • अन्त्यमा उपनिषद्मा बैदिक दर्शनको सार प्रस्तुत गरिएका छन् । बेदको अन्त्यमा आउने हुनाले यसलाई बेदान्त पनि भनिन्छ |

हरेक उपनिषद्हरू चार वेदहरू(ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद)सँग सम्बन्धित छन्। बैदिक शिक्षालयका शाखाहरूमा उपनिषद् मौखिक रूपमा सिकाउँदै आईएको थियो। सबैभन्दा लामो बृहदारण्यक उपनिषद् र सबैभन्दा पुरानो छान्दोग्य उपनिषद् हो।

उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्। ती उपनिषद्हरू सातौं देखि आठौं ई. पू.मा लेखिएको मानिन्छ। पछि गएर उपनिषद्का थुप्रै श्रृङ्खलाहरू गद्यको रूपमा लेखिएका छन् जस्तै ईश, मान्डुक्य, कठ आदि। ई. सं. १६५६मा भारतीय मुगल सम्राट शहाजहाँका पुत्र दारा शिखोले उपनिषद्लाई संस्कृतबाट फारसी भाषामा अनुवाद गर्न लगाए जसलाई फारसीमा उपनेखत भनिन्छ। ई. सं. १८०२ देखि १८०४ सम्म Abraham-Hyacinthe Anquetil Du Perronले फारसी भाषा बाट ल्याटिन भाषामा अनुवाद गरे। उक्त अनुवादमा ग्रिक, ल्याटिन, फारसी, अरबी र संस्कृतको अनौठो समिश्रण भेटिन्छ।

हिन्दू धर्ममा उपनिषद्को स्थान[सम्पादन गर्ने]

वैदिक ज्ञाताहरू वेदलाई कवितात्मक लयमा लेखिएको मन्त्र अथवा संहिता मान्दछन्। वेदान्तमा मुख्य रूपले आरण्यक तथा उपनिषद्हरू पर्दछन्। उपनिषद्ले मुख्य रूपमा वैदिक श्लोकहरूमा उल्लेखित सम्पूर्ण आध्यात्मिक विचारहरू अँगाल्दछन्। उपनिषद्‌बाट सम्पूर्ण हिन्दू तथा भारतीय दर्शन धेरै हद सम्म प्रभावित छन्। यसमा आस्था राख्नेहरूले उपनिषद् केवल दार्शनिक मात्र नभैकन ध्यान तथा आध्यात्मिक ज्ञानको श्रोतको रूपमा मान्दछन्।

दर्शन[सम्पादन गर्ने]

अद्वेत वेदान्तमा उपनिषद्को सारंश एक वाक्यांमा लेखिएको छ : तत् त्वं असि (तिमी त्यही हौ)। र निचोडमा निराकार व्रह्म तथा आत्म एकै हुन् भनिएको छ। उपनिषद्ले ओम् शब्द एक आलौकिक शब्द भएको भन्ने सबैभन्दा राम्रो तरिकाले परिभाषित गरेको छ र यसले उत्पन्न गराउने कम्पनले परमात्मा सँग एक गराउँदछ भन्ने उल्लेख गरेको छ। ईशा उपनिषद्ले आत्मको बारेमा यसरी उल्लेख गरेको छ :
जसले आत्ममा सम्पूर्ण जीवहरू देख्दछ तथा सम्पूर्ण जीवहरूमा आत्म, आत्मबाट कहिल्यै हट्दैन।
ओम् शान्ति शान्ति शान्ति यो मन्त्र, जसले आलौकिक शान्तिको निम्ता गर्दछ, उपनिषद्मा सबैभन्दा पहिले भेटिन्छ।

सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ।

मुख्य उपनिषद्हरू[सम्पादन गर्ने]

प्रचलनमा दुई सय भन्दा बढि उपनिषद्हरू भएपनि दार्शनिक आदि शंकराचार्यले एघारवटामा मात्र विश्लेशण गरेका छन्। आदि शंकराचार्यले गरेका विश्लेषणहरूनै सबैभन्दा पुराना र मौलिक मानिन्छन्। मुक्तिका उपनिषद्‌मा १०८ उपनिषद्हरूको उल्लेख गरिएको छ।

उपनिषद् हिन्दू धर्मको आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये ऐतरेयकौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीयबृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्नमुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। यसका साथै मुण्डक, कठ महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।

सम्बन्धित लेखहरू[सम्पादन गर्ने]

बाहिरी लिंकहरू[सम्पादन गर्ने]