उमा अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उमा अधिकारी नेपाली काग्रेसकी केन्द्रीय सदस्य महिला कोटाबाट संविधान सभा सदस्यमा विजयी हुनुभएको हो। केराबारी गाविस गोरखामा जन्मिएकी ५४ वर्षीया अधिकारी आफुले विगतमा पार्टीमा गरेको योगदानको कदर गर्दै पार्टीले संविधान सभाषदमा विजयी गराएको बताउनुहुन्छ।

२०२५ सालमा नेपाली काग्रेसका संस्थापक नेता वि पी कोइरालाको व्यक्तित्वबाट प्रभावित भएर नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर अधिकारी राजनीतिमा आउनुभएको हो। अधिकारी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र नेपाल महिला संघको निर्वाचित प्रथम अध्यक्ष पनि हुनुभयो।

आमा स्वर्गीय लक्ष्मी देवी रेग्मी र खडानन्द रेग्मीकी छोरी उमा शिक्षाशास्त्रमा स्नातकोत्तर उतिर्ण हुनुहुन्छ। महेन्द्र विद्या भुषण विजयी अधिकारीले ८ वर्ष प्राध्यापन पेशा अगाल्नुभएको थियो। पटक पटक गरी पचायतकालमा तीन वर्ष जेल जीवन विताएकी अधिकारीका श्रीमान् प्राध्यापक यज्ञ प्रसाद अधिकारी र एक छोरा छन्।

अन्तरिम व्यवस्थापिका संसदकी सदस्य अधिकारी २०४८ सालमा पर्वत क्षेत्र नम्बर दुईबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो भने २०५१ सालमा सोही क्षेत्रमा पराजित हुनुभयो। उहाँ महिला हक अधिकारको लागि विभिन्न पार्टी भित्र संघर्ष गर्ने महिलाहरू सम्मिलित अन्तरपार्टी महिला सञ्जालको अध्यक्ष पनि हुनुहुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]