उमा कान्त चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उमाकान्त चौधरी नेपाली काङ्ग्रेस, केन्द्रीय कार्यसमितिका सदस्य बारा क्षेत्र नं. ५बाट निर्वाचित सभासद हुनुहुन्छ। ४१ वर्षीय चौधरी २०५६ सालको संसदीय निर्वाचनमा बारा क्षेत्र नं १बाट चुनिनुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट बोटानीमा स्नातकोत्तर चौधरीको रुचि अध्ययनमा छ र उहाँका थुप्रै लेख-रचना विभिन्न पत्रत्रिकामा प्रकाशित हुँदै आएका छन्। उहाँ तीन छोरी र एक छोराका पिता हुनुहुन्छ। उमाकान्त चौधरीको राजनीतिक जीवन २०३६ सालमा विद्यार्थी आन्दोलनबाट शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलन र लोकतन्त्र स्थापनाको आन्दोलनमा लाग्दा उहाँले पटक-पटक गरी १५ महिना जेल-जीवन बिताउनुभएको छ। ने.वि.संघको केन्द्रीय सदस्य, तरुण दलको केन्द्रीय सदस्य र त्रिविवि स्ववियुको उपाध्यक्ष रहिसकेका चौधरीले कृषि तथा सहकारी सहायक मन्त्रीको जिम्मेदारी समेत वहन गरिसक्नुभएको छ। उहाँ जनतासँगको निकट सम्बन्ध र मधेश आन्दोलनका वेला मधेशी जनतालाई अधिकार दिलाउन खेलेको भूमिकाको कारण आफू संविधानसभामा चुनिएको ठान्नुहुन्छ। सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समावेशी लोकतन्त्रको मुद्दालाई संविधानसभामा प्रमुखता साथ उठाउने उहाँको अठोट छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]