उमा कान्त शर्मा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत सल्यान २ बाट विजयी संविधान सभा सदस्य उमाकान्त शर्मा माओवादीको राज्य समितिको सल्लाहकार पनि हुनुहुन्छ। माओवादीको जनयुद्ध र त्यसबाट प्रशिक्षित जनता, कार्यकर्ता नै आफ्नो विजयको कारण रहेको शर्माको भनाई छ।
गाउँमा हुने सामाजिक उत्पीडनले वाम राजनीतिमा लागेको बताउने शर्मा २०४७ सालदेखि पार्टीको पूर्णकालीन राजनीति कार्यकर्ता हुनुभएको थियो। शर्मा सल्यानको तत्कालीन जनमोर्चा नेपालको अध्यक्ष, तत्कालीन एकताकेन्द्रको जिल्ला सचिव तथा इन्चार्ज पनि हुनुभयो। माओवादील गण्डक अभियान चलाएका वखत तनहुमा समेत काम गरेका शर्मा २०४९ सालको स्थानीय निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट सभापतिको प्रत्यासी पनि हुनुभएको थियो।
माध्यमिक तह सम्मको अध्ययन गर्नु भएका शर्माको घर सल्यानकै वडागाउ -५ पुरानीकोट हो। पार्टी घोषणा पत्र अनुरूप जनतामा गरिएका प्रतिवद्धतालाई संविधानमा उल्लेख गर्न आफ्नो तर्फबाट पहल हुने शर्मा बताउनुहुन्छ। [१]