उमा कार्की
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
माओवादी समानुपातिक सभासद् उमा कार्की विष्ट 'सम्झना' माओवादी संखुवासभा जिल्ला समितिकी सदस्य पनि हुनुहुन्छ। उहाँको श्रीमान् किरणकुमार विष्टको हत्यापछि २०५७को संकटकालबाटै पूर्णकालीन कार्यकर्ता हुनुभएको थियो। एक जेल जीवनसमेत ब्यतीत गर्नुभएकी विष्ट माओवादीको भगिनी संगठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी संखुवासभाकी अध्यक्ष हुनुभयो। अहिले पनि अध्यक्ष नै हुनुहुन्छ। ०६२मा एक वर्ष जेल जीवनमा काट्ुनभएकी विष्टका संविधानमा लेखाउने प्रमुख मुद्दा जनयुद्धमा बलिदान गर्ने शहीद परिवार र महिलाका अधिकारलाई सुनिश्चित गराउनु नै उहाँका प्रमुख एजेण्डा हुन्। २९ वर्षीय विष्ट संखुवासभा आँखीभूईं -९ मूलगाउँमा गरीब किसान परिवारमा जन्मनुभएको थियो। उहाँकी आमा दुर्गादेवी र बाबा ज्ञानबहादुर गाउँका सामान्य किसान हुनुहुन्छ। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएकी विष्टकी ८ वर्षीया छोरी चेतना पनि छिन्। [१]