उमा गोठे (कपाली)
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् उमा कपाली 'लुनिभा' नेवार जातिभित्रको पनि उपेक्षित समुदायको एक मात्र प्रतिनिधि हुनुहुन्छ। ०५६ देखि राजनीतिमा लाग्नुभएकी कपाली अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य तथा माओवादी भक्तपुर सदस्य हुनुहुन्छ। २६ वर्षीय कपाली ०६० देखि माओवादीमा पूर्णकालीन हुनुभएको थियो। जनयुद्धका अधिकांश समय उपत्यका र काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक र काभ्रेमा गर्नुभयो। उहाँ पूर्णकालीन हुनेबित्तिकै जनमुक्ति सेनामा काम गर्नुभयो।
जनयुद्धको समयमामै सुनिल बासुसँग जनवादी प्रेमविहे गर्नुभएको थियो। बासु एकिकृत माओवादी नेवाः राज्य समिति सदस्य हुनुहुन्छ भने उहाँहरूको एक छोरा छ। प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा लिनुभएकी कपाली अत्यन्त निम्न वर्गीय मजदुर परिवारमा जन्मनुभएको थियो। भक्तपुरको टौमडीमा जन्मनुभएकी कपाली महिलाको पैत्रिक सम्पत्तिमाथि अधिकारलाई संविधानमै सुनिश्चित गराउनु उहाँको मुख्य एजेण्डा हो। [१]