उमा (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमा
निर्देशकछिरिङरितार शेर्पा
निर्मातामिला प्रोडक्सन
सङ्गीतजयदेव
प्रदर्शन मिति
वि.सं. २०७० साल जेठ १०
देशनेपाल
भाषानेपाली

उमा वि.सं. २०६९ सालमा बनेको नेपाली चलचित्र हो । मिला प्रोडक्सनद्वारा निर्मित यो चलचित्रमा माओवादी द्वन्द्वकालको कथा छ ।

कथा[सम्पादन गर्नुहोस्]

माओवादी द्वन्द्वकालमा एक परिवारले भोग्नुपरेको पीडामा आधारित चलचित्र सत्य घटनाबाट प्रेरित तथा वैचारिक मतभेदका कारण बिछोडिएका दुई दाजु-बहिनीको सम्बन्ध वरिपरि प्रस्तुत गरिएको छ ।

कलाकार[सम्पादन गर्नुहोस्]

चलचित्रमा तुलसी घिमिरे, मिथिला शर्मा, अशोक शर्मालगायतको अभिनय छ । चलचित्रको पटकथा छिरिङ छोदनकुमार भट्टराईले तयार गरेका हुन् । छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन् ।

छायाङ्कन[सम्पादन गर्नुहोस्]

यो चलचित्र काभ्रेपलाञ्चोक जिल्लामा ३५ दिनसम्म छायाङ्कन गरिएको हो ।

प्रदर्शन[सम्पादन गर्नुहोस्]

यो चलचित्र वि.सं. २०७० साल जेठ १० गते देशभर प्रदर्शनमा ल्याउने भएको थियो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]