उर्लाबारी नगरपालिका
नेपाली विकिपीडियाबाट
उर्लाबारी नगरपालिका मोरङ जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका बनाउँदा उर्लाबारी गाउँ विकास समिति मात्र समावेश गरिएको हो। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा उर्लाबारी पनि नगरपालिका बनेको हो। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।