उषा खड्गी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उषा खड्गी
उषा खड्गी
जन्मवीरगञ्ज, नेपाल
उपाधिमिस नेपाल २०००
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०००

उषा खड्गी सातौँ मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिता जितेकी थिइन्। उषा सन् १९९९ मा मिस पोखराको पहिलो उप विजेता थिइन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भाग लिँदै पहिलो उप विजेता भएकी थिइन्। उनको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपि तिमिल्सिनासँग भएको थियो भने उनीबाट मानसिक यातना दिएको भन्दै उनले सम्बन्ध बिच्छेद गरेकी थिइन्। [१][२]

जीवनी[सम्पादन गर्नुहोस्]

वीरगञ्ज निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी सुपुत्री उषाले सन् १९९९मा पोखरा सुन्दरी प्रतियोगितामा भाग लिई प्रथम उप-विजेताको उपाधी हासिल गरेकी थिइन्। तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले प्रवेशिका परीक्षा वीरगञ्ज कन्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगञ्जबाट आई.ए. उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी.ए. (प्रथम वर्ष)मा अध्ययनरत थिइन्।[३]

मिस नेपाल प्रतियोगिता - २०००[सम्पादन गर्नुहोस्]

वीरगञ्जबाट उनले प्रतिनिधित्व गरेको मिस नेपाल प्रतियोगिता - २०००, काठमाडौंं जेसिज र हिडन ट्रेजरले आयोजना गरेको थियो । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः बिव रन्जीतजस्मिन श्रेष्ठ भएका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "के श्रीमानबाट घरेलु हिंसा भोगिरहेकी थिइन् उषा खड्गी ?"अनलाइन खबर। सङ्ग्रह मिति ३१ मार्च २०२० 
  2. "पूर्व मिस नेपाल उषा खड्गी दम्पतीको सम्बन्ध विच्छेद"क्लाउड पत्रिका। सङ्ग्रह मिति ३१ मार्च २०२० 
  3. "मिस नेपाल उषा खड्गी (फोटो फिचर)", कलाकार संसार, अन्तिम पहुँच २४ असोज २०७६ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]