उष्णदेशीय चक्रवात

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हरिकेन ईसावेलअन्तराष्ट्रीय अन्तरिक्ष स्टेशन को कक्षबाट सन् २००३ को सातौं अभियान ताका देखिएको दृष्य । . चक्रावतको आँखा, आँखाको भित्तो र वरिपरिको बर्षा पट्टी । उष्णदेशीय चक्रावतका गुणहरु अन्तरिक्ष बाट स्पष्टरूपमा देखिएका छन ।

उष्णदेशीय चक्रावत एक उच्च गतिमा घुमीरहेको हुणडरी प्रणाली हो । निम्न चाप युक्त केन्द्र, प्रवल हुरी, उच्च वर्षा निम्त्याउने बिजुली र वज्रध्वनि सहितको आँधी यो प्रणालीका विशेषता हरु हुन । यी उष्ण प्रदेशीय चक्रावत हरू अक्कर तुलनात्मक रूपमा तातो पानीको ठूलो भागमा उत्पति हुने गर्छन् । यी प्रणालीहरुको उर्जाको स्रोत समुन्द्र सतहबाट हुने पानीको वाष्पिकरण हो । यसरी वाष्पिकरण पछि बनेको जलवाष्प वायुमणडलको माथिल्लो भागमा पुगेर चिसो हुन्छ र अन्तत पूर्ण संतृप्ति को अवस्था सृजना भए पछि पुन संघनन भई पानीमा परिवर्तीत हुन्छ । यो उर्जाको स्रोत उष्णदेशीय बाहेकका अन्य प्रदेशीय हुणडरी प्रणालीहरु, मध्य-अक्षांशीय चक्रावत भन्दा फरक छ । मध्य-अक्षांशीय चक्रावतहरु जस्तै उत्तर-पूर्वी हुणडरीयूरोपेली हिमहुरी हरुको उर्जाको स्रोत भने समतलीय तापक्रम विभेद हो । उष्ण प्रदेशीय चक्रावत प्रणालीमा हुने प्रवल चक्रीय हुरीको कारण चाहिँ जव हावा पृथ्वीको अक्षको भित्री भाग पटि बहन थाल्छ, पृथ्वीको चक्रीय गतिको कारण (आंशिक)कोणीय संवेगको संरक्षण सिद्धान्त लागू हुन्छ र यो चक्रवती वायू प्रणालीको सिर्जना हुन्छ । त्यसैले उष्णदेशीय चक्रावतहरु भूमध्य रेखाको ५ डिग्री भित्रको पट्टी मा बिरलै मात्र सृजना हुन्छन । [१] उष्णदेशीय चक्रावत हरूको व्यास सामान्यत १०० र ४००० किमी (६२ र २५०० मील) को बिचमा हुने गर्छ ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]