ऊषा गुरुङ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ऊषा गुरुङ
झापा, काँकडभिट्टा निवासी उषा गुरुङ समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ३७ वर्षीया गुरुङ २०४८ सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। गरीब, निमुखामाथिको दमन, अत्याचारको विरोध गर्न राजनीतिमा संलग्न भएको बताउने गुरुङ राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा एक महीना जेल पर्नुभएको थियो। हाल नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा तरुण दल केन्द्रीय सदस्य रहेकी सभासद गुरुङले यस अघि जिल्लामा नेपाल महिला संघका सल्लाहकार, तमु छो धि कोषाध्यक्ष र होटल एसोसिएसनका संस्थापक सहसचिवको जिम्मेदारी बहन गरिसक्नुभएको छ। भारत, कालिम्पोङबाट एसएलसी सम्मको अध्ययन गरेकी गुरुङ एक छोराकी आमा हुनुहुन्छ। पर्यटन व्यवसायीका रूपमा समेत सक्रिय उहाँको रुचि गीत―कविता लेखन र समाजसेवामा रहेको छ। उहाँ लाइन्स क्लब र मेची उद्योग वाणिज्य संघसँग समेत आवद्ध हुनुहुन्छ। सभासद उषा गुरुङले संविधानसभामा प्रमुखतासाथ उठाउने निश्चय गरेका प्रमुख दुई विषय हुन्― क. गौण हुँदै गएको राष्ट्रियताको मुद्दालाई पुनर्जीवित गर्ने, ख. जातीय मुक्तिका लागि आवाज उठाउने।