एक बच्चा नीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एक बच्चा नीति(One child policy)परिवार नियोजन को उपाय यो। यो चीन सरकारले आफ्नो देशको जनसङ्ख्या नियन्त्रण गर्न लागु गरेको थियो। यसमा जनसङ्ख्या नियन्त्रणका लागि हरेक बाबुआमालाई एकमात्र बच्चा जन्माउन सिमीत गरिन्छ। यो आधिकारिक रूपमा विवाहित शहरी जोडीमा मात्र लागू गरिएको छ जबकी धेरै ग्रामीण जोडी, जातीय अल्पसंख्यक आदिलाई एकभन्दा बढी सन्तान जन्माउन छूट छ।.[१]


एक बच्चा नीति समितिका एक प्रवक्ता भन्छन् चीनको जनसङ्ख्याको लगभग ३५.९% एक बच्चा नीतिको प्रतिवन्धमा पर्दछन्। [२]

तर चीनका विशेष प्रशासनिक क्षेत्र हङकङमकाओले यो नीति हटाउँदै छन्। यस वाहेक यस कानुनबाट छुटकारा पाउनेमा चीनमा बस्ने विदेशी नागरिक हुन्।


यो नीति १९७८मा शुरू भएको थियो र शुरूमा १९७९मा जन्मिने पहिलो बच्चा देखि लागू भयो।यो नीति २०१५ मा औपचारिकरूपमा खारेज गरियो। ‌‍‍‌‌ ‌‌‌

इतिहास[सम्पादन गर्नुहोस्]

माओत्सेतुडको शासनकालमा सन् १९४९बाट १९८१ सम्म पुग्दा कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७बाट २०्प्रति १००० र २२७बाट ५३ प्रति १००० भएको थियो[३] त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो। [३][४] त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो। [५] १९४९बाट १९७६ सम्म पुग्दा चीन ‍को जनसङ्ख्या वृद्धि ५४० मिलियनबाट ९४० मिलियन पुग्यो। १९७० को सुरुबाट नै चीनी नागरिक लाई ढिलो विबाह गर्न र २ वटा मात्र सन्तान जन्माउन प्रोत्साहित गरियो। त्यति हुदा पनि चीनको प्रजनन दरमा कमी आउन सकेन। निकै छलफल र वादबिवादका बाबजुद चीन सरकारले सन् १९७९ देखि २०१५ सम्म एक बच्चा वा सन्तान नीति लागु गर्यो।

सकारात्मक पक्ष[सम्पादन गर्नुहोस्]

एक बच्चा नीति गरेपछि सन १९९७बाट २०१० सम्ममा प्रजनन दर २.८बाट १.५ सम्म ओरालो लाग्यो।[६]

नकारात्मक पक्ष[सम्पादन गर्नुहोस्]

एक बच्चा नीतिले चीनको महिला र पुरुषको अनुपातलाई अप्राकृतिक बनायो। सन् २००० र २०१३को बिचमा यो अनुपात ११७:१०० हुन पुग्यो। यो असन्तुलित अनुपातले विभिन्न समस्या निम्त्याउन थाले। चीन सरकारले एक बच्चा नीति खारेज गर्न बाध्य भयो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. BBC: China steps up "one-child policy".
  2. अधिकांश मानिसका लागि बढी बच्चा पाउन छूट
  3. ३.० ३.१ Bergaglio, Maristella, "Population Growth in China: The Basic Characteristics of China's Demographic Transition" (PDF), Global geografia (IT)। 
  4. "World Development Indicators", Google Public Data Explorer, World Bank, २००९-०७-०१, अन्तिम पहुँच २०१३-१०-०४ 
  5. Mann, Jim (१९९२-०६-०७), "The Physics of Revenge: When Dr. Lu Gang's American Dream Died, Six People Died With It", The Los Angeles Times Magazine, अन्तिम पहुँच जुलाई १४, २०१२ 
  6. Feng, Wang; Yong, Cai; Gu, Baochang (२०१२), "Population, Policy, and Politics: How Will History Judge China’s One-Child Policy?", Population and Development Review 38: 115–29।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०६ मिति