एक बच्चा नीति
नेपाली विकिपीडियाबाट
एक बच्चा नीति(One child policy) चीन सरकारले आफ्नो देशको जनसङ्ख्या नियन्त्रण गर्न लागु गरेको बाध्यात्मक नीति हो। यसमा जनसंख्या नियन्त्रणका लागि हरेक बाबुआमालाई एकमात्र बच्चा जन्माउन सिमीत गरिन्छ। यो आधिकारिक रूपमा विवाहित शहरी जोडीमा मात्र लागू गरिएको छ जबकी धेरै ग्रामीण जोडी, जातीय अल्पसंख्यक आदिलाई एकभन्दा बढी सन्तान जन्माउन छूट छ।.[१]
एक बच्चा नीति समितिका एक प्रवक्ता भन्छन् चीनको जनसंख्याको लगभग 35.9% एक बच्चा नीतिको प्रतिवन्धमा पर्दछन्। [२]
तर चीनका विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाओले यो नीति हटाउँदै छन्। यस वाहेक यस कानून बाट छुटकारा पाउनेमा चीनमा बस्ने विदेशी नागरिक हुन्।
यो नीति 1978मा शुरू भएको थियो र शुरूमा 1979मा जन्मिने पहिलो बच्चा देखि लागू भयो।