एङ्गलो-नेपाल युद्ध (१८१४–१६)
नेपाली विकिपीडियाबाट
नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकार बिच १८१४ देखी १८१६ सम्म भएको युद्धलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भनिन्छ यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारले मोरङ्ग, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालिम प्राप्त सैन्य नभएपनि बहादुरी पुर्वक लडेको थियो । नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी, जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन् । यस युद्धमा नेपालसङ्ग लडेर जितेर भन्दा नेपालसङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य सक्ती र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पुर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपाल ले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो । यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरूङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि गर्ने गरेको छ यो युद्धको समाप्ती पछी अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरूभएको) मा लहौर देखी शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो । गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ ।
उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भुभाग ब्रिटिश इस्ट इण्डिया कम्पनि कम्पनी सरकारलाई सुगौली सन्धिअन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनी त्याग्नु पर्यो । तर ब्रिटिशले नेपाललाई १८२२ मा मेचीदेखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गवहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए ।

