एड्रिन वेडविच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एड्रिन वेडविच
वेडविच वासिङ्टन डि.सि.मा, जुलाई २०१२
जन्म(१९७७-०१-०६)जनवरी ६, १९७७
साम्राज्य राज्य अमेरिका
मृत्युअप्रिल ८ २०१४, (३७ वर्ष)
क्यालिफोर्निया, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानकोलोम्बिया विश्वविद्यालय (B.A., English, 1999)
इन्डियाना विश्वविद्यालय (Ph.D., 2011)
पेशाशैक्षिक
चिनारीको कारणनारी अध्ययनकर्ता , शिक्षिका र विकिपीडियन सम्पादक

एड्रिन वेडविच (en:Adrianne Wadewitz, जनवरी ६, १९७७ – अप्रिल ८, २०१४), अमेरिकाकी अध्ययनकर्ता, प्राध्यापक, शिक्षिका, विकिपिडिया सम्पादक एवम् विश्लेषक थिइन् । उनको विश्लेषण विकिपिडियामा रहेको लैङ्गिक विषयहरूमा रह्यो ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

वेडविचको जन्म जनवरी ६, १९७७ मा ओम्ला, नेब्रस्कामा, बेटी एम., (नर्स र वकिल), न्याथेन आर वेडविचको छोरीको रूपमा भयो । उनले बर्थ प्लेट हाइ स्कुलबाट विद्यालयीय तह सकाएर अङ्ग्रेजी साहित्य रोजिन् र कोलोम्बिया विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातक भ्याइन् । सन् २०११मा उनले इन्डियाना विश्वविद्यालयबाट स्नातकोत्तर र पि.एच.डि सकायन् ।

विकिपिडिया सम्पादन[सम्पादन गर्नुहोस्]

वेडविचले सन् २००४बाट अङ्ग्रेजी विकिमा सम्पादन सुरु गरिन् । अपरिचित रूपमा सम्पादन गर्न थालेकी वेडविचले नारी लेखक र नारी व्यक्तित्वहरूको जीवनी लेखिन् र धेरैजसो अङ्ग्रेजी विकिमा मुख्य लेखमा पर्न पनि सफल भए । उनले लगभग ५०,००० सम्पादनहरु गरिन् ।

विकिपिडियाले पारेका फरकहरुका बारे बोल्दै वेडविच

रक-क्लाईम्बिङ[सम्पादन गर्नुहोस्]

वेडविच रक-क्लाईम्बिङ रुचाउँथिन् जसलाई उनले २०१३ मा "किताबप्रेमी, पियानो-प्रेमी र विकिपिडिया योगदानकर्ता भन्दा फरक भइ नयाँ अध्यायको सुरुवात" भनेर बयान गरेकी थिइन् ।

मेरो लागि अहिलेका वर्षहरूमा रक क्लाईम्बिङ मेरो लागि मैले भन्न सक्ने नयाँ विषय हुन् । म एड्रिन अध्ययनकर्ता, किताबप्रेमी, पियानो प्रेमी, विकिपिडियन रहिन, म अब एड्रिन अध्ययनकर्ता, किताबप्रेमी, पियानो प्रेमी, विकिपिडियन र रक क्लाईम्बर हुँ । जब म लसएल्जलस्मा पहाड चढ्दै थिएँ, समुद्र छेउ मान्छेहरु हामीलाई रमाइलो मानी हेर्दै थिए; एक्कासि मलाई यो याद भयो कि म पनि त त्यस्तै गर्थे तर अहिले म स्वयं पहाड चढ्दै छु, मैले आफ्नो स्थान परिवर्तन गरेकी रहिछु । त्यही कुरा म आफ्ना विद्यार्थीहरूले पनि महशुस गरोस् भन्ने चाहन्छु—परिवर्तन र विकास । यो ठूलो लक्ष्य हो र अरु आफ्ना विद्यार्थीहरूबाट यो कुरा कसरी प्राप्त गर्छन भन्ने कुरा सुन्न चाहन्छु ।

मृत्यु[सम्पादन गर्नुहोस्]

अप्रिल ८, २०१४मा वेडविचको टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भयो; उक्त मितिको एक साता अघि मात्र उनी रक क्लाईमबिङ गर्दा लडेकी थिइन् ।

वेडविचलाई डिजिटल मिडियाबाट श्रद्धाञ्जली व्यक्त गरिदैँ

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडी[सम्पादन गर्नुहोस्]

विकिपिडिया विक्ली भाग ३५, वेडविचसँग गरिएको चर्चित अन्तर्वार्ता (अङ्ग्रेजीमा)