एनरिक इग्लेसियस
नेपाली विकिपीडियाबाट
एनरिक इग्लेसियस (एनरिक मीगेल इग्लेसियस प्रेसलर) स्पेनिस गायक,गित लेखक तथा अभिनेता हुन।उनि ल्याटिन अमेरिका तथा अमेरिकी बजार दुबैमा उत्तिकै चर्चित छन।एनरिन चर्चित स्पेनिस गायक जुलियो इग्लेसियसका छोरा हुन।साङगेतिक यात्रा सुरु गरेको ५ बर्षमै उनि सन १९९० तिर स्पानिस भाषाको दशककै सर्बाधिक एल्बम बिक्रेता बने। सहस्राब्दी को सुरुहुनु भन्दा पहिले नै उनले मुख्यधारा अङग्रेजी भाषा बजारमा आफ्नो प्रसिद्धी कायम गरे तथा युनिवर्सल म्यूजिक सित $48,000,000 को एक अनौठो तथा अभूतपूर्व मल्टी-ऐल्बम अनुबन्ध साइन गरे जस्ले यूनिवर्सल म्यूजिक लतीनोले उनको स्पैनिश एल्बम तथा इंटरस्कोप (Interscope) को अंग्रेजी एल्बमको रिलीज़ गर्यो।