एनसेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एनसेल आजियाटा लिमिटेड
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगदूरसञ्चार
स्थापित२०६१ भदौ १६[१]
केन्द्रीय कार्यालयलैनचौर, काठमाडौँ
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
जब्बोर कायुमोभ[२]
उत्पादनहरूमोबाइल सेवा, जिएसएम, जिपिआरएस, एज, थ्रीजी, फोरजी, एचएचपिए+
परिचालन आय
वृद्धि नेरू ४० अर्ब ४२ करोड २० लाख (२०७९)[३]
वृद्धि नेरू ५ अर्ब ६९ करोड ९ लाख ९६ हजार[३] (२०७९)
कुल सम्पत्तिवृद्धि नेरू ६ खर्ब ८३ अर्ब २९ करोड[३] (२०७९)
कुल इक्विटीवृद्धि नेरू १० अर्ब ८० करोड[३] (२०७९)
कर्मचारी सङ्ख्या
५००+ (२०७७)
मूल सङ्गठनआजीयाटा ग्रुप बेरहाड
वेबसाइटwww.ncell.axiata.com

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) वा मेरो मोबाइल नेपालको मोबाइल सेवा प्रदायक हो। नेपालमा स्थापना भएको यो पहिलो दूरसञ्चार कम्पनी हो जसले सार्वजनिक जिएसएम सेवाको थालनी गरेको थियो। स्थापनाकालमा यस कम्पनीको नाम मेरो मोबाइल रहेको थियो जसको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेडसँग रहेको थियो।[४] २०६५ असोजमा मा स्पाइस नेपालले युरोपको प्रसिद्ध मोबाइल कम्पनी तेलिया सोनेरासँग अनुबन्ध गरेको थियो। राजस्व बजार साझेदारको हिसाबले एनसेल नेपालको पहिलो ठूलो कम्पनी हो भने ग्राहक सङ्ख्याका हिसाबले नेपाल टेलिकमपछिको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो। यो कम्पनी २०६१ भदौ १६ गते स्थापना भएको थियो।[५]

२०७२ चैत ३० मा एनसेल आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको भाग बनेको हो। यसले पहिला राज्यको स्वामित्वमा रहेको र हाल सार्वजनिक दूरसञ्चार कम्पनी नेपाल टेलिकमको एकाधिकार तोडेको थियो। यो सँगै एनसेलले आधिकारिक रूपमा मलेसियाको दूरसञ्चार समूह आजीयाटा ग्रुप बेरहाडको एक अंश बनेको थियो। २०८० मङ्सिर १५ मा, आजियाटाले १ खर्ब ४३ अर्बमा किनेको सेयर साढे ६ अर्बमा बेचेर एनसेलबाट बाहिरिने निर्णय गरेको थियो।[६]

इतिहास

एनसेल प्राइभेट लिमिटेडलाई पहिले स्पाइस नेपाल प्राइभेट लिमिटेडको नामले चिनिन्थ्यो। यस कम्पनीले २०६१ भदौ १६ मा जिएसएम अनुमतिपत्र प्राप्त गरेको थियो।[७] नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजत प्राप्त यस कम्पनीले जिएसएम सेवा तर्फ प्रिपेड तथा पोस्टपेड सिम वितरण गर्ने अधिकार प्राप्त गरेको थियो। यसले आफ्नो आधिकारिक तथा व्यापारिक सेवा २०६२ असोज १ मा, मेरो मोबाइल नामबाट काठमाडौँ उपत्यकाबाट थालेको थियो। हाल यस कम्पनीले नेपालको ७७ वटै जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ। तेलिया सोनेराले २०६५ असोजमा स्पाइस नेपालबाट सेयर खरिद गरेको थियो र कम्पनीको नाम एनसेलमा परिवर्तन गरिएको थियो। ३१ भदौ २०६७ मा, एनसेलले थ्रीजी सेवा सुरु गरेको थियो।[८] २०७२ पुस ६ मा तेलिया सोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। २०७२ चैत ३० मा आजियाटाले तेलिया सोनेराबाट १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर खरिद गरेको थियो।[९] १८ जेठ २०७४ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो।[१०] २०७७ साउन १९ मा, एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो।[११]

सेवा तथा सञ्चालन

एनसेल पुरानो सिमकार्ड

कम्पनीले आफ्नो सुरुवाती अवस्थामा आधारभूत सुविधाहरू जस्तै फोन गर्ने तथा मेसेज मात्र प्रदान गरेको थियो। पछि यसलाई बढाउँदै कम्पनीले एक एक गर्दै ब्ल्याक्बेरी फोन,एनसेल कनेक्ट (इन्टरनेट चलाउने डाटा कार्ड) त्यस्तै एज/जिपिआरएस,भोइस मेल जस्तै अन्य सुविधाहरू थप गरेको थियो। एनसेलले हालसम्म १०० भन्दा बढी देशका ३२५ दूरसञ्चार कम्पनीसँग सहकार्य गरी रोमिङ सेवा उपलब्ध गराएको छ।[१२]

सेवाहरू

  • जीएस एम मोवाइल सेवा
  • डाटा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. सृजना नेपाल, "एनसेल विक्री प्रकरणले तात्यो संसदीय समितिदेखि बालुवाटार", थाह खबर (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  2. "एनसेलको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त", टेकपाना (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  3. ३.० ३.१ ३.२ ३.३ जनार्दन बराल, "एनसेल डिलको सार्वजनिक ५ तथ्य र अनुत्तरित ८ प्रश्न", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  4. "कहिलेबाट सुरु भएको थियो एनसेल कर छलीको खेल?", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  5. "चार प्रमुख कारण जसले आजियाटालाई नेपाल छोड्न बाध्य बनायो, अब एनसेलको भविष्य के होला?", बिजमाडौँ (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  6. "१ खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  7. "इजाजत प्राप्त संस्था", नेपाल दूरसञ्चार प्राधिकरण (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  8. "एनसेलले सुरु गर्‍यो देशभर थ्रीजी मोबाइल सेवा", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  9. "कसले किन्दैछ एनसेल, किन बाहिरिन खोज्यो आजियाटा ?", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  10. "एनसेलले उपत्यकामा सुरु गर्‍यो फोरजी सेवा", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  11. "एनसेलको नाम अब ‘एनसेल आजियाटा’", नयाँ विश्व (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 
  12. "एनसेलले सुरु गर्‍यो म्यानमारमा रोमिङ सेवा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८० 

बाह्य कडीहरू