एनेस्थेसिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

एनेस्थेसिया परम्परागत रूपमा दुखाई वा अन्य सेन्सेसनलाई रोक्ने प्रक्रिया हो। यस प्रक्रियाले बिरामीलाई शल्यक्रिया र अन्य दुख्ने प्रक्रियाको दुखाईबाट बच्न सहायता गर्दछ। यो शब्द युनानी शब्द एन्-, "बिना" र एस्थेतोस्, "perceptible, able to feel" बाट आएको हो। यो शब्द ओलिभर वेन्डेल होम्स, सिनियरले १८४६मा निर्माण गरेका हुन्।

आज जेनेरल एनेस्थेसिया साधारणतया यी रूप लिनसक्छ:

  • एनेल्जेसिया - दुखाईको चेतनशील perception रोक्ने
  • हिप्नोसिस - मुर्छा पार्ने
  • एम्नेजिया - स्मरण हटाउने
  • रिल्याक्सेसन - मांशपेशीको अनावश्यक चाल वा टोन रोक्ने
  • होनियोस्ट्यासिस - साधारण शारीरिक कार्य (उदा॰, रक्तचाप सामान्य परिधिमा राख्ने)

प्रकार[सम्पादन गर्ने]

एनेस्थेसियाका विभिन्न प्रकारहरू हुन्छन्-

सिडेसन भनेको एनेस्थेसिया नदिइकन औषधि दिएर बिरामीलाई कम अफ्ठ्यारो, बढी संयमित बनाउने वा कम anxious बनाउने प्रक्रिया हो।

इतिहास[सम्पादन गर्ने]

एनेस्थेटिक उपकरण र भौतिकशास्त्र[सम्पादन गर्ने]

आधुनिक एनेस्थेसियामा आवश्यकता अनुसार धेरै प्रकारका चिकित्सा उपकरणहरूको प्रयोजन गर्न आवश्यक र उचित हुन्छ। एनेस्थेटिक प्रयोगकर्ताले विभिन्न किसिमका चिकित्सामा प्रयोग हुने वायुहरूको उत्पादन, एनेस्थेटिक एजेन्ट, वाष्प, स्वाशप्रश्वासको सर्किट आदिको बारेमा विस्त्रित जानकारी राख्न पर्दछ। साथै एनेस्थेटिक उपकरण (भेपोराइजर, भेन्टिलेटर, प्रेसर गज आदि) र तिनीहरूका सम्बन्धित safety गुणहरू, अवगुणहरू र क्षमताको बारेमा विस्त्रित जानकारी राख्न अत्यन्त जरुरी हुन्छ। अतः,यस्ता उपकरणहरू चिकित्सा अध्ययन गरेर एनेस्थेसियामा विशिष्टिकरण गरेका चिकित्सकहरूले मात्र चलाउँदछन्।

एनेस्थेटिक एजेन्ट[सम्पादन गर्ने]

लोकल एनेस्थेटिक्स्[सम्पादन गर्ने]

प्रथम सफल लोकल एनेस्थेटिक कोकेन थियो। १८५९मा एक्लाइएको यो औषधि प्रथम पटक कार्ल कोलरले सिग्मंड फ्रायडको सल्लाहमा आँखाको शल्यक्रियामा १८८४मा प्रयोग गरेका थिए। यो भन्दा पहिले चिकित्सकहरूले नुन र बरफ प्रयोग गरेर शल्यक्रिया गर्ने ठाउँ चिसाउँथे र चिसोले लाटो भएको ठाउँमा शल्यक्रिया गर्थे। तर यो पद्धति निकै निश्चित ठाउँमा निश्चित मात्रामा मात्र काम लाग्थ्यो। यस प्रकारले लाटो बनाउन इथाइल क्लोराइड छर्किने पनि गरिन्थ्यो। कोकेन नशालु पदार्थ भएको हुनाले यसबाट नशा नलाग्ने अन्य धेरै पदार्थहरू बनाइए जस्तै प्रोकेन (१९०५मा), युकेन (१९००मा), स्टोभाकेन (१९०४मा), र लिडोकेन (१९४३मा)।

लोकल एनेस्थेटिक्स् यस्ता प्रकारका एजेन्टहरू हुन् जसले मानिसलाई मुर्छा नपारिकन नसाको इम्पल्सलाई ट्रान्समिसनबाट जोगाउंछ। यिनीहरूले फास्ट सोडियम च्यानलसँग आबद्ध भएर यस्ता क्रियाकलाप गर्दछन्।

वर्गीकरण: लोकल एनेस्थेटिकहरू इस्टर वा अमाइड आधारित हुन्छन्।

- इस्टर लोकल एनेस्थेटिक (उदा॰ प्रोकेन, अमेथोकेन, कोकेन) छिटो काम गर्दछन्, सोलुसनमा unstable हुन्छन्, र यी एजेन्टको प्रयोगले एलर्जिक रियाक्सन प्रायः गराउँदछन्।

- अमाइड लोकल एनेस्थेटिक (उदा॰ लिडोकेन, प्रिलोकेन, बुपिभाकेन, लेभोबुपिभाकेन, रोपिभाकेन, डिबुकेन) प्रायः ताप stable हुन्छन्। यिनीहरूको हाफ-लाइफ लामो हुन्छ। यिनीहरू प्रायः रेसेमिक मिश्रण (अपवादको रूपमा लेभोबुपिभाकेन र रोपिभाकेन छन् जुन वास्तवमा क्रमशः S(-)-बुपिभाकेन र S(-)-रोपिभाकेन हुन्) हुन्छन्। यी एजेन्टहरूले लामो समयसम्म काम गर्दछन्, अतः, यिनीहरूलाई लामो समयवधि लाग्ने शल्यक्रिया, प्रशव र लाक्षणिक उपचार (symptomatic relief)मा काम लाग्दछ। यस प्रकारका लोकल एनेस्थेटिकहरूलाई रिजनल र इपिड्युरल एनेस्थेसियाका रूपमा प्रयोग गरिन्छ।

प्रिजर्भेटिभ फ्री भएका लोकल एनेस्थेटिकलाई मात्र इन्ट्राथेकल्ली (सबएराक्नोइड स्पेस भित्र) प्रयोग गर्न सकिन्छ।

लोकल एनेस्थेसियाका एड्भर्स इफेक्टहरू[सम्पादन गर्ने]

लोकल एनेस्थेटिक औषधिहरू मुटु (जहाँ इनीहरूले अरिदमिया गर्न सक्छन्) र दिमाग (जहाँ इनीहरूले मुर्छा र सीजर गर्न सक्दछन्)का लागि हानिकारक (toxic) हुन्छन्। अरिदमिया डिफिब्रिलेसन र अन्य standard उपचारबाट पनि नियन्त्रणमा नआउन सक्छ र मुटुको काममा बाधा पुर्‍याएर मृत्यु गराउन सक्दछ।

लोकल एनेस्थेसियाको टक्सिसिटीको पहिलो प्रमाणमा स्नायु व्यवस्थाको agitation, द्विवीधा (confusion), रिङ्गटा, अस्पष्ट दृष्टि (blurred vision), कान बज्ने, मुखमा धातुको स्वाद (metallic taste) र वाकवाकी that can quickly progress to seizure र कार्डियोभास्कूल कोल्याप्स देखिएको थियो (पुष्टि चाहिने)।

लोकल एनेस्थेसिया प्रत्यक्ष रूपमा स्केलिटल माँस्पेशीमा गएको खण्डमा सो माँसपेशीमा अस्थायी पक्षघात गर्दछ।

टक्सिसिटी कुनै पनि लोकल एनेस्थेटिकसँग हुन सक्छ र बिरामीमा टक्सिसिटीको सम्भावनाको बारेमा प्रि-मेड प्रक्रियामा जांच गर्न आवश्यक रहन्छ।

अहिले प्रयोग हुने सुंघ्ने जेनेरल एनेस्थेटिक एजेन्ट[सम्पादन गर्ने]

अहिले प्रयोग हुने इन्ट्राभेनस जेनेरल वा सेडेटिभ एजेन्ट[सम्पादन गर्ने]

मांसपेशी रिल्याक्स्यान्ट[सम्पादन गर्ने]

मांसपेशेए रिल्याक्स्यान्टको एड्भर्स इफेक्ट[सम्पादन गर्ने]

सक्सिनाइलकोलिनले बर्न (जलेको आदि) बिरामी वा पक्षघात (क्वाड्रीप्लेजिक, प्याराप्लेजिक)भएका बिरामीमा हाइपरक्यालेमिया गर्न सक्दछ। यसको मेक्यानिजम एसेटाइलकोलिनको अपरेगुलेसनद्वारा सञ्चालित छ भन्ने मान्यता छ(पुष्टि चाहिएको)। सक्सिनाइलकोलिनले म्यालिग्न्यान्ट हाइपरथर्मिया पनि गराउन सक्दछ।

अर्को अफ्ठ्यारो एड्भर्स इफेक्ट एनेस्थेसिया अवेरनेस हो। यो अवस्थामा विरामीलाई मसल रिल्याक्स्यान्ट दिएर प्यारालाइज्ड गरिराख्दा खेरि विरामी एनेस्थेसियाबाट बिउँझिन सक्दछ। यस्तो अवस्था एनेस्थेसियोलोजिस्टले पत्ता लगाएनन् भने बिरामीले आफ्नो अवस्था चाल त पाउँछ तर चल्न वा भन्न नसक्ने हुन सक्छ।

ओपिओइड एनाल्जेसिक[सम्पादन गर्ने]

भोलाटाइल एजेन्टहरू[सम्पादन गर्ने]

यिनीहरू विशेष रूपमा निर्मित अर्‍ग्यानिक तरल पदार्थ हुन्। यिनीहरू एकैचोटी वाष्पमा परिवर्तन हुन्छन्, अतः यिनीहरूलाई इन्हेलेसनको रूपमा जेनेरल एनेस्थेसिया दिन वा थप्न प्रयोग गरिन्छ। आदर्श रूपमा यिनीहरू नबल्ने; विष्फोटन नहुने; लिपिडमा घुल्ने; ब्लड वायु धुलनता कम भएको; अङ्ग विशेष(उदा॰ मुटु, कलेजो, मृगौला)मा साइड इफेक्ट नभएको; विरामीले सुंघ्दा मेटाबोलाइज नहुने र इरिटेसन नगर्ने पदर्थ हुन्।

तर अहिलेसम्म यी सबै गुणहरू भएका एनेस्थेटिक वाष्प कुनै पनि छैनन्। अहिले प्रयोग हुने वाष्पहरूमा ह्यालोथेन, आइसोफ्लुरेन, डेस्फ्लुरेन, सेभोफ्लुरेन आदि पर्दछन्। नाइट्रस अस्काइड अहिले सम्म पनि धेरै प्रयोग गरिन्छ। यो औषधि सबैभन्दा धेरै समयसम्म प्रयोग भएको औषधिहरू मध्ये एक हो। डाइइथाइल इथर आर्थिक रूपले पिछडिएका राष्ट्रहरूमा अहिले पनि प्रयोग हुन्छ। यो सस्तो र कम जान्ने मानिसले पनि प्रयोग गर्न सकिने हुनाले यसरी प्रयोग भएको हो।

सैद्धान्तिक रूपमा कुनै पनि एनेस्थेसियाको वाष्प जेनेरल एनेस्थेसियाको इन्डक्सनको लागि प्रयोग गर्न सकिन्छ। तर, धेरै जसो वाष्पहरूले वायुमार्गमा इरिटेसन गर्दछन् र खोकी, ल्यारिङ्गोस्प्याजम र इन्डक्सन गर्न नै गाह्रो गर्ने गर्दछन्। साधारणतया प्रयोग हुने इन्हेलेसन इन्डक्सनमा सेभोफ्लुरेन र ह्यालोथेन पर्दछन्। सबै आधुनिक वाष्पहरू एक्लै वा अरु औषधिहरूसँग मिसाएर दिन सकिन्छ। मिलाएर दिने अरु औषधिहरू प्रायः एनेस्थेसियाको काममा सघाउने औषधि हुन्छन्।

अहिलेको शोधकार्यहरू जेननलाई एनेस्थेटिक वायु बनाउनमा केन्द्रित छन्। तर यो वायु उत्पादन गर्न निकै महँगो हुनका साथै विशेष उपकरणहरूको आवश्यकताले गर्दा यसको प्रयोजन निकट भविष्यमा हुन अलि गाह्रो छ।

भोलाटाइल एजेन्टहरू इनीहरूका पोटेन्सी (inversely proportional to the न्युनतम एल्भियोलर कन्सन्ट्रेसन)को आधारमा दाँजिने गरिन्छ। पोटेन्सी लिपिड सोल्युबिलिटीसँग सिधै सम्बन्धित छ। यो सम्बन्धलाई मेयेर-ओभरटन हाइपोथेसिस पनि भनिन्छ। तर, अहिले आएर औषधिहरूका केही फार्माकोकाइनेटिक गुणहरू पनि दाँज्नको लागि प्रयोग हुनथालेका छन्। यी गुणहरू मध्ये ब्लड:ग्याँस पार्टिसन कोएफिसियन्ट एक महत्त्वपूर्ण गुण हो। यो विधि कुनै एजेन्टको रगतमा रिलेटिभ सोलुबिलिटीसँग सम्बन्धित छ। जुन एजेन्टको कम रगत सोल्युबिलिटी छ (अर्थात कम ब्लड:ग्याँस पार्टिसन कोएफिसियन्ट, उदा॰ डेस्फ्ल्युरेन), सोले टाइट्रेटिङ डेप्थमा एनेस्थेसिया छिटो दिन्छ र दिन छोडेको केही समय मै छिटै एनेस्थेटिक अवस्था ल्याउंदछ। नयाँ भोलाटिल एजेन्टहरू (उदा॰ सेभोफ्लुरेन, डेस्फ्लुरेन)आदि इनीहरूका पोटेन्सी भन्दा पनि कम ब्लड:ग्याँस पार्टिसनका कारण बढी चर्चित र प्रयोजित भएका हुन्।

एनेस्थेटिक प्रविधिको रोजाइ[सम्पादन गर्ने]

एनेस्थेटिक प्रविधिको रोजाई एक जटिल प्रक्रियाहो। यसमा विरामी तथा शल्यक्रिया दुबैलाई ध्यानमा राखेर काम गर्नुपर्छ।

निश्चित बिरामी र प्रक्रियामा रिजनल एनेस्थेसिया safe हुन्छ भने अन्यमा जेनेरल एनेस्थेसियान्युर्‍याक्सियल ब्लकेडले डिप भेन थ्रोम्बोसिस, पल्मोनरी इम्बोलिजम, रक्त transfusion, निमोनिया, रेस्पिरेटरी डिप्रेसन, मायोकार्डियल इन्फार्कसनरेनल फेल्युवर घटाउन सक्छन् भन्ने केही शोधहरूले देखाएका छन्[१][२]

एनेस्थेटिस्ट, एनेस्थेसियोलोजिस्ट र एनेस्थेसिया कार्य[सम्पादन गर्ने]

पेरि-अपरेटिभ केयर, एनेस्थेसिया प्लानको विकास, र एनेस्थेसिया प्रदान गर्ने कार्यमा दक्षता प्राप्त गरेका चिकित्सक लाई बेलायतमा एनेस्थेटिस्ट र संयुक्त राज्य अमेरिकामा एनेस्थेसियोलोजिस्ट भनिन्छ। चिकित्साका अन्य विशिष्टता जस्तै एनेस्थेसियामा दक्षता प्राप्त गर्न चाहने चिकित्सकले एनेस्थेसियाको विस्तृत अध्ययन र तालीम लिनुपर्दछ। यो अध्ययनको अवधि राष्ट्र अनुसार भिन्न हुन्छ। अमेरिकामा यसको लागि ४ वर्ष लाग्दछ, जसमा १ वर्ष इन्टर्नशिप र ३ वर्ष रेसिडेन्सी गरिन्छ। बेलायतमा यो अध्ययनको न्युनतम अवधि मेडिकल डिग्री पश्चात ७ वर्षको हुन्छ र रोयल कलेज अफ एनेस्थेटिक्सको छत्रछाँयामा सञ्चालित हुन्छ। अस्ट्रेलिया र न्यु जिल्याण्डमा यो अध्ययन मेडिकल डिग्री पश्चात ५ वर्ष र दुई वर्ष बेसिक रेसिडेन्सीको हुन्छ। यो अध्ययन अस्ट्रेलियन एण्ड न्युजिल्याण्ड कलेज अफ एनेस्थेटिस्टको मातहतमा हुन्छ। अरु राष्ट्रहरू(जस्तै आयरल्यांड (फ्याकुल्टी अफ एनेस्थेटिस्ट्स् अफ द रोयल कलेज अफ सर्जन्स् इन् आयरल्यांड), क्यानाडा र दक्षिण अफ्रिका)मा यस्तै किसिमका व्यवस्थाहरू हुन्छन्।

यी कलेजहरूले गाह्रो परीक्षाहरू सञ्चालन गर्दछन् जुनमा सफल नभइकन अध्ययन पूर्ण गर्न सकिन्न। यी परीक्षाहरूमा एनेस्थेटिक व्यवहार र प्रयोगका सबै क्षेत्रका प्रश्नहरू राखिएका हुन्छन् र प्रायः विभिन्न भागमा विभाजित हुन्छन्। यु॰के॰मा परीक्षा सफल भए पश्चात रोयल कलेज अफ एनेस्थेटिस्ट्स्‌ले डिप्लोमा अफ फेलोशिप अफ रोयल कलेज अफ एनेस्थेटिस्ट्स् (FRCA) प्रदान्ग गर्दछन्। संयुक्त राज्यमा लिखित र मौखिक बोर्ड परीक्षा सफल भए पश्चात् चिकित्सक "बोर्ड सर्टिफाइड" हुन्छन्।

चिकित्सामा अन्य केही विशिष्ट विधाहरू एनेस्थेसियासँग निकै नजीकको सम्बन्ध राख्दछन्। इनीहरूमा इन्टेन्सिभ केयर मेडिसिनदुखाइ चिकित्सा पर्दछन्। यी विशिष्टिकरणहरूमा पारङ्गतयुक्त व्यक्तिहरूले एनेस्थेसियामा केही तालीम लिएका हुन्छन्। एनेस्थेटिस्टको कार्यभार अहिले बदलिंदैछ। यो कार्यभार अब शल्यक्रियामा मात्र सीमित छैन। धेरै एनेस्थेसिस्टहरूले पेरि-अपरेटिभ फिजिसियनको रूपमा काम गर्छन् र शल्यक्रिया पहिले बिरामीको स्वास्थ्य निरिक्षण गर्ने("वर्क अप"), एनेस्थेटिक काम गर्ने, पोस्ट एनेस्थेसिया केयर युनिटमा बिरामीको निरिक्षण गर्ने र यी सबै समयमा बिरामीलाई चाहिने जत्ति पीडामुक्त (एनेल्जेसिया)पार्ने काम गर्दछन्।

संयुक्त राज्य अमेरिकामा एनेस्थेसियामा विशिष्टिकरण गर्ने नर्स प्राक्टिसनरहरूलाई CRNA भनिन्छ। एनेस्थेसियोलोजिस्ट असिस्टेन्ट अर्को समूह हो जसले एनेस्थेसिया दिन्छन्। बेलायतमा ODP(operating department practitioner) वा एनेस्थेटिक नर्सहरूले एनेस्थेसिया दिनको लागि सहयोग गर्दछन्। यु॰के॰, अस्ट्रेलिया र न्यु जिल्यांडका सबै एनेस्थेसिया चिकित्सक आफैले नै दिन्छन्।

स्रोत[सम्पादन गर्ने]

हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]


स्वास्थ्य विज्ञानचिकित्साशास्त्र
एनेस्थेसियोलोजी | चर्मशास्त्र | आकस्मिक चिकित्सा | साधारण चिकित्सक | आन्तरिक चिकित्सा | स्नायुशास्त्र | प्रसवशास्त्रमहिलारोग शास्त्र | अकुपेसनल् चिकित्सा | रोगशास्त्र | बालरोगशास्त्र | भौतिक चिकित्सा र पूनर्स्थापना | मानसिक चिकित्सा | सामाजिक स्वास्थ्य | रेडियोलोजी | शल्यचिकित्सा
आन्तरिक चिकित्साक हाँगाहरु
हृदयशास्त्र | ग्रन्थिशास्त्र | ग्यास्त्रोएन्टेरोलोजी | रक्तशास्त्र | सरुवा रोग चिकित्सा | ईन्टेन्सिभ केयर चिकित्सा | मृगौलाशास्त्र | ओन्कोलोजी | फोक्सोशास्त्र | रिउम्याटोलोजी
शल्यचिकित्साका हाँगाहरु
हृदयछाती शल्यचिकित्सा | चार्मिक शल्यचिकित्सा | साधारण शल्यचिकित्सा | महिला शल्यचिकित्सा | स्नायुशल्यचिकित्सा | नेत्रशल्यचिकित्सा | मुख तथा अनुहार शल्यचिकित्सा | अंग प्रत्यारोपण | हाडजोर्नी शल्यचिकित्सा | ओटोल्यारिंजियोलोजी (ENT) | बाल्यशल्यचिकित्सा | प्लास्टिक शल्यचिकित्सा | क्यान्सर शल्यचिकित्सा | चोट शल्यचिकित्सा | युरोलोजी | धमनी शल्यचिकित्सा