एमोनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अणुसुत्र - NH
आणविक भार - १७
एमोनिया ग्यास नाइट्रोजनहाइड्रोजन दुई तत्व मिली बन्दछ । लाभ्वाइजरले यस ग्यासलाई एमोनियम क्लोराइड तताई बनाएका थिए ।

यो ग्यास पानीमा अत्यन्त घुलनशिल हुन्छ । त्यसकारण पानीपर्दा माटोमा नै बिलाएर जान्छ र यसबाट अन्य यौगिकहरु बन्दछ्न् ।यसैले प्रकृतिमा एमोनियम क्लोराइड र एमोनियम सल्फेटहरु पाइन्छन् ।

प्रयोगशालामा बनाउने तरिका[सम्पादन गर्नुहोस्]

  1. एमोनियायुक्त लवणहरूलाई तताएर एमोनिया पाउन सकिन्छ ।

1.(NH)CO→२NH + HO + CO

2.२NHCl + Ca(OH)→CaCl + २HO + २NH

  1. एमोनियाका लवणहरूलाई कडा क्षारसँग प्रतिक्रिया गराएर पनि एमोनिया तयार गर्न सकिन्छ ।

(NH)SO + २NaOH → NaSO + २HO + NH

हेबर प्रक्रिया[सम्पादन गर्नुहोस्]

तीन भाग हाइड्रोजन र एक भाग नाइट्रोजनलाई २००-९०० वायुमण्डलीय चाप, ५००'C तापक्रम, उत्प्रेरक फलामप्रमोटर मोलीब्डेनमको उपस्थितिमा एमोनिया ग्यास बनाउने औद्योगिक बिधिलाई हेबर प्रकृया भनिन्छ । यो प्रक्रिया जर्मनका बैज्ञानिक फ्रीज हेवर ले पत्ता लगायका थिए ।जस्तै:-
N + ३H →२NH

गुणहरु[सम्पादन गर्नुहोस्]

  1. यो एक रङहिन तथा यसको गन्ध कडा र पिरो हुन्छ ।
  2. हावाभन्दा हलुका हुन्छ ।
  3. पानीमा अत्यन्त घुलनशिल हुन्छ ।
  4. भिजेको रातो लिट्मस कागजलाई निलो बनाउँछ ।
  5. यसले अम्लहरूसँग मिलि लवण बनाउँछ ।
  6. करिब १५०० डिग्री सेल्सियस तापक्रममा यसलाई कार्बनडाइअक्साइडसँग प्रतिक्रिया गराएर युरिया मल तयार गरिन्छ ।
  7. एमोनियालाई अक्सिजनसँग रासायनिक प्रतिक्रिया गराउँदा नाइट्रोजन ग्यास बन्दछ ।

उपयोगिता[सम्पादन गर्नुहोस्]

  1. यसलाई रेफ्रीजेरेटरमा प्रयोग गरिन्छ ।
  2. विभिन्न बस्तुहरूको ब्ल्यु पृन्ट तयार पार्न ।
  3. युरिया उत्पादन