समाजवादी-क्रान्तिकारी पार्टी

नेपाली विकिपीडियाबाट

(एसेर बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
1917PartiyaSoz-Rev.jpg

समाजवादी-क्रान्तिकारी पार्टी (एसेरहरू) - रुसको निम्त-बुर्जुवा पार्टी विभिन्न नारोदनिक दलहरू र युनिटहरूको एकीकरण फलस्वरूप सन् १९०१ को अन्त्य - १९०२ को सुरुतिर खडा भएको पार्टी । विश्व साम्राज्यवादी युद्ध (सन् १९१४-१९१८) कालमा बहुसंख्यक एसेरहरूले सामाजिक-अन्धराष्ट्रवादी नीति अपनाए । सन् १९१७ को फरवरी बुर्जुवा जनवादी क्रान्तिको विजयपछि एसेर र मेन्सेविकहरू प्रतिक्रान्तिकारी बुर्जुवा-सामन्ती अस्थायी सरकारको मुख्य आधार बन्न गए र यी पार्टीहरूका नेताहरू मन्त्री पदमा थिए । एसेर पार्टीले जमिन्दारी भूमि-व्यवस्थाको उन्मूलन गर्ने किसानहरूको मागको समर्थन गर्न छोडे र जमिन्दारी व्यवस्थालाई यथावत् कायम राख्ने पक्षमा लागे । नोभेम्बर, १९१७ को अन्त्यतिर एसेरहरूको वामपन्थी गुटले वामपन्थी एसेरहरूको एक अलग पार्टी खडा गरे । किसान जनसमूह बीच आफ्नो प्रभाव कायम राख्ने उद्देश्यले वामपन्थी एसेरहरूले औपचारिक रूपमा सोभियत सत्ताको समथन गरे र बोल्सेविकहरूसँग सम्झौता गरे तर छिटै सोभियत सत्ताको विरुद्ध संघर्षको बाटोमा लगे । विदेशी सामरिक हस्तक्षेप र गृहयुद्धको समयमा एसेरहरू प्रतिक्रान्तिकारी ध्वंसात्मक कारवाहीमा लगे , विदेशी आक्रमणकारीहरू र श्वेत गार्डवालाहरूको सक्रिय समर्थन गरे, प्रतिक्रान्तिकारी षड्यन्त्रहरू भाग लिए, सोभियत सरकार र कम्युनिष्ट पार्टीका नेताहरूको विरुद्ध अंतकवादी षड्यन्त्रहरू रचे । गृहयुद्धको अन्त्यपछि पनि एसेरहरूले देशभित्र र प्रवासीहरूबीच आफ्नो क्रान्ति विरोधी क्रियाकलाप जारी राखे ।[१]

[परिवर्तन्] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ९९