ओलिभर कान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलिभर कान
व्यक्तिगत जानकारी
पुरा नाम ओलिभर रल्फ कान
उचाइ १.८८ मि (६ फि २ इन्च)
खेल्ने स्थान(हरू) गोलरक्षक
युवा करियर
१९७५–१९८७ कार्लस्रुहर एससी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९८७–१९९० कार्लस्रुहर एससी II ७३ (०)
१९८७–१९९४ कार्लस्रुहर एससी १२८ (०)
१९९४–२००८ बायर्न म्युनिख ४२९ (०)
जम्मा ६३० (०)
अन्तर्राष्ट्रिय करियर
१९९५-२००६ जर्मनी ८६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

ओलिभर रल्फ कान पुर्व जर्मन फुटबल गोलरक्षक हुन् । कार्लस्रुहर एससीको युवा टोलीबाट १९७५ मा फुटबल जीवनमा पदार्पण गरेका कानले १२ वर्षपछी व्यवसायिक रूपमा क्लब प्रतियोगितामा डेब्यु गरेका थिए । १९९४ देखि २००८ को अन्तरालमा बायर्न म्युनिखमा रहेर आफ्नो व्यवसायिक फुटबल खेललाई पुर्णविराम लगाएका कान २००० को दशकको उत्कृष्ट गोलरक्षक का रूपमा विश्वसामु परिचित छन् । उनका प्रशंसकहरूले उनको खेल शैलीको प्रशंसा गर्दै भोल-कान-ओ ("भोल्कानो" अर्थात ज्वालामुखी) नाम दिएका थिए ।

कान जर्मन इतिहाँसकै सफलतम खेलाडीका रूपमा चिनिन्छन् । उनी सम्मिलित टोलीले आठ बुन्डेस लिगा, ६ डिएफबी-पोकल, १९९६ मा युइएफए कप, र २००१ मा युइएफए च्याम्पियन्स लिग अनि अन्तरमहादेशिय कप जितेको थियो । उनको व्यक्तिगत योगदानका कारण लगा लग चार पटक युइएफए उत्कृष्ट यूरोपिय गोलरक्षक पुरस्कार, तीन विश्वको उत्कृष्ट गोलरक्षक पुरस्कार, र दुइ पटक जर्मन वर्ष फुटबलर ट्रफी जितेका थिए । २००२ फिफा विश्वकप मार्फत कान प्रतियोगिता इतिहाँसमै गोल्डेन बल जित्ने पहिलो र एकमात्र गोलरक्षक बनेका थिए ।

नियमित गोलरक्षक आन्द्रेस कोप्केले राष्ट्रिय टोलीबाट सन्यास लिएपछी ओलिभर कानले गोलरक्षकको भूमिका निर्वाह गर्न अवसर प्राप्त गरे । सन् १९९४ देखि २००६ सम्म राष्ट्रिय टोलीको प्रमुख सदस्यका रूपमा रहेका उनकै कप्तानीमा जर्मन टोली २००२ फिफा विश्वकपको फाइनलसम्म पुगेको थियो । टोलीको कमजोर प्रदर्शनका बावजुद उनकै गोलरक्षण कतिपय खेलमा निर्णायक सावित भयो । फाइनल खेल जर्मनीले ब्राजिललाई २-० ले सुम्पिएको थियो जहाँ ब्राजीली स्ट्राइकर रोनाल्डोले गोल गरे । कान उक्त प्रतियोगिता अवधिभरकै उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल जित्न सफल भए । उनी सम्मिलित जर्मनी राष्ट्रिय फुटबल टिमले १९९६ को युइएफए यूरो जितेको थियो ।

करियर तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

क्लब प्रदर्शन लिग कप महादेशीय जम्मा
सिजन क्लब लिग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
जर्मनी लिग डिएफबी-पोकल यूरोप जम्मा
1987–88 Karlsruher SC Bundesliga[१] 2 0 0 0 2 0
1988–89 2 0 0 0 2 0
1989–90 0 0 0 0 0 0
1990–91 22 0 0 0 22 0
1991–92 37 0 2 0 39 0
1992–93 34 0 5 0 39 0
1993–94 31 0 3 0 10 0 44 0
1994–95 Bayern Munich 23 0 21 0 5 0 30 0
1995–96 32 0 2 0 12 0 46 0
1996–97 32 0 4 0 2 0 38 0
1997–98 34 0 8 0 8 0 50 0
1998–99 30 0 8 0 13 0 51 0
1999–2000 27 0 5 0 13 0 45 0
2000–01 32 0 4 0 16 0 52 0
2001–02 32 0 5 0 14 0 51 0
2002–03 33 0 6 0 6 0 45 0
2003–04 33 0 5 0 8 0 46 0
2004–05 32 0 7 0 10 0 49 0
2005–06 31 0 6 0 7 0 44 0
2006–07 32 0 2 0 9 0 44 0
2007–08 26 0 7 0 9 0 42 0
Total Germany 557 0 81 0 142 0 780 0
Career total 557 0 81 0 142 0 780 0

1 Includes German Super Cup[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kahn, Oliver" (जर्मनेलीमा), kicker, मूलबाट १९ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मे २०१४ 
  2. "Oliver Kahn", FIFA.com, Fédération Internationale de Football Association, मूलबाट २० डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]