ओसाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुला समाज अस्कल क्याम्पस अर्थात् ओसाक् (OSAC) अमृत साईन्स क्याम्पस्मा बि.एस्.सि.-सि.एस.आइ. टी.(BSs.CSIT) पढ्ने विधार्थीहरूको गैरराजनीतिकगैरनाफामुलक समुह हो । खुला अध्यनकर्ता र सिकारु हरूको यो समाजमा जुन सुकै संस्थाबाट विकास भएको प्रविधिको अध्यन गर्नु र तत् विषयमा छलफल गर्नु यसको उद्देश्य हो। यो फोस् फिलोसोफिबाट धेरै प्रभावित छ।

ओसाक् स्थापनाको मुख्य उद्देश्यनै नेपालमा निशुल्क / खुला श्रोत सफ्टओयरको प्रयोगलाई प्रसय दिनु रहेको छ । यसैगरि खुला श्रोतलाई आधार मानि केहि नयाँ सिर्जना गर्नु यसको अर्को मुख्य उद्देश्य हो । " सँगै सिकौं अनि अरुलाई पनि सिकाऔँ " बोलको नाराका साथ स्थापित ओसाक्मा जोसुकै खुला श्रोत प्रेमिहरूले नि:शुल्क रूपमा सदस्यता ग्रहण गर्न सक्दछन ।

सुचना प्रबिधिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा ओसाक्ले आफ्नो सहभागिता जनाउँदै आईरहेको छ ।सार्बजनिक बिदाका दिन बाहेक, प्रत्येक हप्ताको शुक्रबार् "ओसाक् टेक टक" शिर्षकमा विभिन्न कार्यक्रमहरू समेत ओसाक्ले गर्दै आईरहेको छ । "ओसाक् टेक टक" एउटा त्यस्तो माध्यम हो जहाँ विद्यार्थिहरूले आफ्नो क्याम्पसभित्रबाट मात्र नभई , बाहिर ब्यबहारिक क्षत्रमा भिजिसकेका अनुभबि ब्यक्तित्त्वहरूबाट समेत नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्दछन् । सफ्टवयर स्वतन्त्रता दिवसको अवसर पारि "अस्कल सि एस आइ टी ओपन एक्स्पो २०१२" नामक भब्य कार्यक्रमको आयोजनानै ओस्याकको हालसम्मको सबैभन्दा ठुलो कार्यक्रम हो भने "ओबुन्टु"(परिमार्जित उबुन्टु) नामक , "लिनक्स सिस्टममा आधारित अपरेटिन्ङ्ग् सिस्टमको" विकासलाई ओसाक्को हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि मान्न सकिन्छ ।


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]