ओस्कार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चित्र:Oscar statuette.jpg
ओस्कार पुरस्कार

एकेडेमी अवार्डको नामले पनि परिचित ओस्कार अवार्ड पहिलो पटक सन १९२९ मे १६मा हलिउडस्थित रुजबेल्ट होटलमा सम्पन्न भएको थियो । २७० मानिसको उपस्थिति रहेको सो कार्यक्रममा प्रवेश गर्न पाँच डलर तिर्नु पर्दथ्यो ।

शुरुका समयमा अवार्डका बारेमा केही कौतुहुलता हुँदैन्थ्यो । विजेताको नाम तीन महिनाअघि नै सार्वजनिक गरिन्थ्यो ।

पहिलो उत्कृष्ट अभिनेताको अवार्ड जर्मन अभिनेता इमिल जेनिक्सले पाउनु भएको थियो । पुरस्कार समारोहका बेला उहाँ जर्मनमा नै हुनुहुन्थ्यो । आयोजनकले पछि मात्र उहाँलाई अर्वाड दिएका थिए ।

अवार्ड सुरु भएको अर्को वर्षमात्र सञ्चार माध्यमका कार्यक्रम प्रसारण गरिएको थियो । सो कार्यक्रम लस एन्जल्सस्थित रेडियोले एक घण्टासम्म प्रत्यक्ष प्रसारण गरेकेा थियो । सन १९५३मा पहिलो पटक ओस्कार अवार्ड टेलिभिजनमा प्रसारण गरिएको थियो । अमेरिका र क्यानडाका लाखौं मानिसले पहिलो पटक टेलिभिजनमा कार्यक्रम हेरेका थिए । सन १९६६मा कलरमा कार्यक्रम प्रसारण भएको थियो । सन १९६९ पछि ओस्कार अवार्ड अन्तर्राष्ट्रियस्तरमा प्रसारण भएको हो । हाल ओस्कार अवार्ड कार्यक्रम दुई सय वटा देशका दर्शकले प्रत्यक्ष रूपमा हेर्छन ।

पहिलो अवार्डका लागि कुनै विधा छुट्याइएको थिएन । एक पुरस्कार चलचित्र जर्ज सिङगरका निर्माण कम्पनी वार्नर व्रस र अर्को चार्ली च्यापलिनका लागि थियो । सो वर्ष च्यापलिनले चलचित्र 'द सर्कस'को निर्माण, निर्देशन र लेखन गर्नु भएको थियो ।

दोस्रो अवार्डदेखि अभिनयका लागि दुई र उत्कृष्ट चलचित्र, निर्देशन, लेखन, छायाङ्कन र कला निर्देशनका लागि एक एक विधा छुट्याइएको थियो । सातौं अवार्डदेखि सम्पादन, सङ्गीत, गीत जस्ता अवार्ड राखिएको थियो । नवौं अवार्डदेखि उत्कृष्ट सह-अभिनेता र अभि-नेत्रीको अवार्ड थपियो ।

सङगीतका लागि ग्रामी अवार्ड, टेलिभिजनका लागि इमी अवार्ड र थियटरका लागि टोनी आवर्ड भए जस्तै चलचित्रका लागि ओस्कार अवार्ड हो । ८२ औँ अवार्डसम्म १८२५ अवार्डका लागि २७८९ जनाले अवार्ड पाइसकेका छन् । जसमध्ये ३०२ जना कलाकारले अवार्ड जिति सकेका छन् ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य सूत्र[सम्पादन गर्ने]