औरंगजेव

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
औरंगजेव

अबुल मुज़फ्फर मुहिउद्दीन मुहम्मद औरंगजेव आलमगीर (४ नोभेम्वर १६१८ - ३ मार्च १७०७) जसलाई सामान्यतया: औरंगजेव वा आलमगीर (स्वंयलाई दिएको शाही नाम जसको अर्थ हुदछ विश्व विजेता)को नामबाट जानिन्थ्यो भारतमा राज्य गर्ने छट्टौ मुग़ल शासक थिए । उनको शासन १६५८ देखी लिएर १७०७मा उनको मृत्यु हुदासम्म चल्यो।

औरंगजेवले भारतीय उपमहाद्वीपमा आधा शताब्दीदेखी भन्ग्दा ज्यादा समय तक राज्य गरे । उनी अकबर पछी सबभन्दा ज्यादा समय तक शासन गर्ने मुग़ल शासक थिए । आफ्नो जीवनकालमा उनले दक्षिणी भारतमा मुग़ल साम्राज्यको विस्तार गर्ने भरसक प्रयास गरे । तर उनको मृत्यु पश्चात मुग़ल साम्राज्य खुम्चिन थाल्यो ।

औरंगजेवको शासनमा मुग़ल साम्राज्य आफ्नो विस्तारको चरमोत्कर्षमा पुग्यो । उनी आफ्नो समयको शायद सबभन्दा धनी र शातिशाली व्यक्ति थिए जसले आफ्नो जीवनकालमा दक्षिण भारतमा प्राप्त विजयको आधारमा मुग़ल साम्राज्यलाई साढ़े बारह लाख वर्ग मील मीलमा फैलाए र १५ करोड़ मानिसहरू माथि शासन गरे जो की विश्वको जनसंख्याको १/४ थियो ।

औरंगजेवले पुरै साम्राज्यमा फतवा-ए-आलमगीरी (शरियत वा इस्लामी कानूनमा आधारित) लागू गरे र केही समयको लागी गैर-मुस्लिमहरू माथि अतिरिक्त कर पनि लगाए । गैर-मुसलमान जनता माथि शरियत लागू गर्ने उनी पहिला मुसलमान शासक थिए । उनले थुप्रै हिन्दू धार्मिक स्थलहरूलाई नष्ट गरे र गुरु तेग बहादुरको हत्या गराई दिए ।

विषयसूची

[सम्पादन गर्ने] सत्तासन

मुग़ल प्रथा अनुसार, शाहजहाँले १६३४मा औरंगजेवलाई दक्कनको सूबेदार नियुक्त गरे । औरंगजेव किरकी (महाराष्ट्र) गए जसको नाम बदलेर त्यसलाई औरंगाबाद गरे । १६३७मा उनले रबिया दुर्रानी सँग विवाह गरे । यता शाहजहाँ मुग़ल दरबारको कामकाज आफ्नो छोरा दारा शिकोहलाई जिम्मा लगाउन लागे । १६४४मा औरंगजेवको बहिनी एक दुर्घटनामा जलेर मरिन । औरंगजेव यस घटनाको तीन हफ्ता पछी आगरा आए जसबाट उनको पिता र शाह शाहजहाँलाई क्रोध आयो । उनले औरंगजेव दक्कनलाई सूबेदारको पदबाट हटाई दिए । औरंगजेव ७ महीनासम्म दरबार आउन सकेनन । पछी शाहजहाँले उनलाई गुजरातको सूबेदार बनाए । औरंगजेवले सुचारू रूपबाट शासन गरे र उनलाई यसको सिला पनि प्राप्त भयो - उनलाई बदख़्शान (उत्तरी अफ़गानिस्तान) र बाल्ख़ (अफ़गान-उज़्बेक) क्षेत्रको सूबेदार बनाईयो ।

यस पछी उनलाई मुल्तानसिंधको पनि गवर्नर बनाईयो । यस दौरान उनी फ़ारसको सफ़वियों बाट कंधार माथी नियंत्रणको लागी लडिरहे तर उनलाई हारको अलावा अरु केही मिलो त्यो थियो - आफ्नो पिताको उपेक्षा । १६५२मा उनलाई दक्कनको सूबेदार फेरी बनाईयो । उनले गोलकोंडाबीजापुरको विरुद्द लडाई गरे र निर्णायक क्षणमा शाहजहाँले सेना फिर्ता बोलाए । यसबाट औरंगजेवलाई धेरै ठेस पुग्यो किनकी शाहजहाँ यस्तो उनको भाई दारा शिकोहको भनाई अनुसार गरिरहेका थिए ।

[सम्पादन गर्ने] सत्तासंघर्ष

सन् १६५२मा शाहजहा बीमार भए र यस्तो लाग्ने लागो कि शाहजहाँको मृत्यु आउने छ । दारा शिकोह, शाह सुजा र औरंगजेवमा सत्ता संघर्ष चल्न लागो । शाह सुज़ा, जसले आफुलाई बंगालको गवर्नर घोषित गराएका थिए लाई हाराएर बर्माको अराकान क्षेत्र जानुपर्यो र १६५९मा औरंगजेवले शाहजहाँलाई कैद गरेपछी आफ्नो राज्याभिषेख गराए । दारा शिकोहलाई फाँसी दिइयो। यसो भनिन्छ की शाहजहाँलाई मार्नको लागी औरंगजेवले दुई पटक विष पठाए । तर जुन हकीमबाट उनले विष पठाएका थिए उ शाहजहाँको वफ़ादार थिए र शाहजहाँला विष दिनु सट्टा उनी आफैले विष पिए। Bold text

[सम्पादन गर्ने] शासक औरंगजेव

मुग़ल, खासकर अकबर पछी देखी, गैर-मुस्लिमहरूमा उदार रहेका थिए तर औरंगजेव उनको ठीक बिपरित् थिए। औरंगजेवले जज़िया कर फेरी आरंभ गराए, जसलाई अक़बरले समाप्त गरिदिएका थिए। उनले कश्मीरी ब्राह्मणहरूलाई इस्लाम स्विकार गर्न बाध्य पारे । कश्मीरी ब्राह्मणहरूले सिक्खको नौ औं गुरु तेगबहादुर सँग मदद मागे। तेगबहादुरले यसको विरोध गरे तब औरंगजेवले उनलाई फांसीमा झुण्डाई दिए। यस दिनलाई सिक्ख आज पनि आफ्नो चाडमा याद गर्दछन।

[सम्पादन गर्ने] साम्राज्य विस्तार

औरंगजेवको शासनभर युद्ध-विद्रोह-दमन-चढ़ाई इत्यादिको तांता लगी रह्यो । पश्चिममा सिक्खहरूको संख्या र शक्तिमा बढ़ोत्तरी भै रहेको थियो । दक्षिणमा बीजापुर र गोलकुंडाको अंततः उसने हरा अनिरुद्ध ने मारा था तर यस बीच शिवाजीको मराठा सेनाले उनको नाकमा दम कर दिया । शिवाजीलाई औरंगजेवले गिरफ़्तार त गरे तर शिवाजी र सम्भाजी भाग निकल्नाले उनको लागी तिब्र चिन्ताको कारण बन्यो । आखिर शिवाजी महाराजाले औरंगजेवलाई हराए र भारतमा मराठाहरूले पुरै देशमा आफ्नो ताकत बढाए शिवाजीको मृत्यु पछी पनि मराठाहरूले औरंग़जेवलाई दुख: दिए।

यस बीच हिन्दुहरूलाई इस्लाममा परिवर्तित गर्ने नीतिको कारण राजपूत उनको विरुद्द भएका थिए र उनी सन १७०७मा मरेपछी तत्कालै उनीहरूले विद्रोह गरि दिए ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा