औलो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
औलो
वर्गीकरण एवं बाह्य साधन
लामखुट्टेको र्यालमा प्लाज्मोडियम
आईसीडी-१० B50.-B54.
आईसीडी- 084
ओएमआईएम २४८३१०
डिजीज-डीबी ७७२८
मेडलाइन प्लस ०००६२१
ईमेडिसिन med/१३८५ emerg/305 ped/1357
एम.ईएसएच C03.752.250.552

औलो वा मलेरिया एक प्रोटोजोआ परजीवीले गर्दा हुने संक्रामक रोग हो ।एशिया, अफ्रिका र अमेरिका महाद्विपको उष्णिय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष ५१.५ करोड मानिसलाई प्रभावित पार्छ र यसले गर्दा प्रत्येक वर्ष १० देखि ३० लाख मानिसको मृत्यु हुने गर्छ।औलो अफ्रिकी महादेशको भयङ्कर जन स्वास्थ्य समस्या हो ।।[१] यो रोग प्लाज्मोडियम समुहको प्रोटोजोआ परजीवीको माध्यमले लाग्छ।प्लाज्मोडियमले गर्दा यो रोग मान्छेलाई मात्रै नभई चरा,सरिस्रिप र अन्य स्तनधारी जिवलाई पनि हुन्छ तर मानिसलाई चार प्रकारको प्लाज्मोडियम (Plasmodium) परजीवीले मात्रै प्रभावित गर्छन जसमा सबभन्दा खतरनाक प्लाज्मोडियम फाल्सीपारम (Plasmodium falciparum) तथा प्लाज्मोडियम भाइभेक्स (Plasmodium vivax) मानिन्छन, र प्लाज्मोडियम ओभेल (Plasmodium ovale) तथा प्लास्मोडियम मलेरिये (Plasmodium malariae) पनि मानिसलाई प्रभावित गर्छन।ई समुहका परिजिविलाई मलेरिया परिजिवि भनिन्छ ।यो मलेरिया परिजिविलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम माउ एनेफिलिस लाम्खुट्टेले गर्छ।

इतिहास[सम्पादन गर्ने]

सर रोनल्ड रस

औलो रोगले हजारौ वर्षदेखि मानिसलाई प्रभावित पार्दै आएको छ।सन १८८० मा एकजना फ्रांसीसी सैन्य चिकित्सक ल्यावेरनले सर्वप्रथम औलो परिजिविलाई रातो रक्तकोशिकामा देखे।उनले नै सर्वप्रथम औलोको कारक प्रोटोजोआ परिजिवि हो भन्ने कुरा पत्ता लगाए।त्यसकोलागि उनलाई सन १९०७मा नोबेल पुरस्कार प्रदान गरियो । यो प्रोटोजोआको नाम प्लाज्मोडियम भनेर इटालियन वैज्ञानिक एत्तोरे मार्चियाफावा र एन्जेलो सेलीले राख्नु भयो ।१८९६मा सर रोनाल्ड रसले प्लाज्मोडिय्मको ऊसाईट(oocyte) माउ एनोफिलिस मच्छरमा देख्नु भयो।उनले लामखुट्टेले नै यो परिजिविलाई एउटा मान्छेबाट अर्को मान्छेमा सार्छ भन्ने कुराको पुष्टि गर्नुभयो।ग्रासी र फेलेटीले १८९८मा लाम्खुट्टेमा प्लाज्मोडियमको जीवनचक्रको वर्णन गर्नु भयो।गल्गीले १८८५मा प्लाज्मोडियमको रातो रक्तकोशकिय चक्रको अध्ययन गर्नु भयो।

रोगको वितरण र प्रभाव[सम्पादन गर्ने]

भुमध्य रेखा वरिपरि रहेका उष्णिय र उपोष्णकटिबन्ध क्षेत्रमा यो रोगले धेरै प्रकोप मचाउने गर्छ।यस्तो क्षेत्रमा उप-सहारा अफ्रिका,एशिया र ल्याटिन अमेरिका पर्छ।विश्व स्वास्थ्य सङगठनको अनुसार २०१२ मा मात्रै औलोको करिब २० करोड मामिला फेला परेका छन।सो वर्ष मात्रै करिब ४७३,००० देखि ७८९,००० जना व्यक्तिले आफ्नो ज्यान गुमाई सकेका छन जसमा अधिकान्स अफ्रिकी बालबालिका रहेका छन।औलो गरिबी सँग आबद्ध रहेको छ र आर्थिक उन्न्तिमा नकरात्मक प्रभाव पार्ने गरेको छ।अफ्रिकामा मात्रै यसले वर्षेनि १२ अर्बको घाटा पुर्याउने गर्छ।

रोगको लक्षण[सम्पादन गर्ने]

परिजिविको संक्रमणको ८-२५ दिनमै रोगको लक्षण देखा पर्न थाल्छ।औलो प्रतिरोधी औषधी सेवन गर्नेहरुमा लक्षण देखिन अलि समय लाग्छ।ज्वरो आउनु,थरथर काम्नु,वाक्वाकी र वान्ता हुनु ,रक्ताल्पता हुनु,जोर्नी दुख्नु आदि लक्षण सबै औलो परिजिविको संक्रमणमा देखा पर्छन।औलोको सबैभन्दा मुलभुत लक्षण भनेको शरीरको थरथर कम्पनका साथहुने चिसोपनको अनुभुति र त्यस पछि आउने ज्वरो ।४ देखि ६ घन्टा पछि ज्वरो समन हुन्छ र पसिना बग्छ।पी. फाल्सीपारमको संक्रमणमा यो पुरै प्रक्रिया हरेक ३६ देखि ४८ घंटामा हुन्छ अथवा लगातार ज्वरो आउन सक्छ; पी. भाईभेक्स र पी. ओभेलबाट हुने मलेरियामा हरेक २ दिनमा ज्वरो आउछ, तथा पी. मलेरियेबाट हरेक तीन दिनमा ज्वरो आउछ।औलोको गम्भिर समस्या प्राय पी. फाल्सीपारमको संक्रमणले हुन्छ।यस्तो समस्या संक्रमणको ६ देखि १४ दिन पछि हुन्छ। कलेजोको आकार बढनु, टाउको दुख्नु र रगतमा ग्लूकोजको कमी हुनु अन्य गंभीर लक्षण हुन। पिसाबमा हेमोग्लोबिन देखिनु र यसले कलेजोको विफलतासम्म हुन सक्छ, जसलाई कालोपानी ज्वरो (अंग्रेजी: blackwater fever, ब्लयाक वाटर फीवर) भनिन्छ। गंभीर औलोले मूर्च्छा वा मृत्यु पनि हुन सक्छ, युवा, बच्चा र गर्भवती महिलामा यस्तो खतरा हुने सम्भावना धेरै हुन्छ। अत्यंत गंभीर अवस्थामा मृत्यु केहि घंटामा हुन सक्छ। गंभीर अवस्थामा उचित उपचार भयो भने पनि मृत्यु दर २०% सम्म हुने सम्भवाना हुन्छ। महामारी फैलिएको क्षेत्रमा प्राय उपचार संतोषजनक हुन पाउदैन, त्यसैले मृत्यु दर धेरै हुन्छ र औलोको प्रत्येक १० बिरामीमा १ जनाको मृत्यु हुने गर्छ।

मानव शरीरमा रोगको विकास[सम्पादन गर्ने]

मलेरिया परजीवीको मानवमा विकास दुई चरणमा हुन्छ : कलेजोमा प्रथम चरण र रातो रक्त कोशिकामा दोस्रो चरण। जब एउटा संक्रमित लाम्खुट्टे मानिसलाई टोक्छ तब बीजाणु (अंग्रेजी: sporozoites, स्पोरोजोइट्स) मानव रगतमा प्रवेश गरेर कलेजोमा पुग्छन र शरीरमा प्रवेश गरेको ३० मिनट भित्र कलेजोको कोशिकालाई संक्रमित गर्छन। त्यसपछि कलेजोको कोशिकामा यिनीहरु अमैथुनिक् प्रजनन गर्छन। यो चरण ६ देखि १५ दिन सम्म चल्छ। यो प्रजननले हजारौ अंशाणु (अंग्रेजी: merozoites, मेरोजोइट्स) बन्छन जसले कलेजोको कोशिकालाई विच्छेद गरि रगतमा प्रवेश गर्छन र रातो रगत कोशिकालाई संक्रमित गर्छन।[२]रातो रगत कोशिकामा यसको प्रवेशपछि रोगको दोस्रो चरण शुरु हुन्छ। पी. भाईभेक्स र पी. ओभेलका केही बीजाणु कलेजोलाई संक्रमित गरेपछि रोकिन्छन र सुप्ताणु (अंग्रेजी: hypnozoites, हिप्नोजोइट्स)को रूपमा निष्क्रिय हुन्छन। यि ६ देखि १२ महिनासम्म निष्क्रिय हुन्छन र फेरि अचानक अंशाणुको बन्छन हो र रोगको लक्षण पैदा गर्छन।

उपचार[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "मलेरियाको लागि करोडौ डलर", बीबीसी 
  2. Bledsoe, G. H. (December 2005) "Malaria primer for clinicians in the United States" Southern Medical Journal 98(12): pp. 1197-204, (PMID 16440920);