कंगारु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ढाँचा:भाग

कङ्गारु

कंगारुका आमा छोरा

कंगारु ढाडमा हाडहुने जनावरको ठूला खुट्टाहुने Macropodidae परिवारको एउटा marsupial (नवजात बच्चाहरूलाई भुँडीमा भएको विषेश थैलीमा हुर्काउने जनावर) हो। यो एक स्तनधारी तथा साकाहारी जनावर हो। यो जनावर प्राय पानी कम भएको ठाउँमा पनि बस्न सक्छ। यसको मुख्य कारण यसले आफ्नो भुँडीको छालामा भएको बिशेष थैलीमा आफुलाई चाहिने पानी तथा अन्य खाद्य पदार्थको संकलन गरेर राख्छ। उक्त थैलीमा कंगारुले आफ्ना बच्चाहरूलाई पनि लुकाउन गर्छ। यो जनावर खास गरेर अष्ट्रेलिया, न्युगिनी र यस आसपासका क्षेत्रहरूमा पाइन्छ।

पृथ्वीमा कङ्गारुको उत्पत्ति एकदमै पुरानो भएको प्रमाणित छ। वैज्ञानिकहरूको अनुसन्धानबाट कङ्गारुको अवशेष ३ करोड वर्ष पहिलेको अवशेष पत्ता लगाएका थिए। कङ्गारु अस्ट्रेलियाको राष्ट्रिय जनावर हो साथै स्तनधारी पनि। यो जनावरको बारेमा झट्ट सुन्दा अचम्म र नौलो लाग्न सक्छ तर यो वास्तविकता हो कि कङ्गारु जन्मदा एक इन्च लामो र ५ देखि १० ग्रामसम्मको वजन हुन्छ। जब यो वयस्क हुन्छ, त्यतिखेर यसको वजन एक सय किलोसम्मको हुन्छ। यसको विभिन्न प्रजातिहरू हुन्छन्। जसमध्ये मस्की रेट कङ्गारु सबैभन्दा सानो जातको कङ्गारु हो। यसको तौल जम्मा १-२ ग्रामसम्मको हुन्छ। जबकि रातो जातको कङ्गारु सबैभन्दा ठूलो जातिको हो। यसको तौल एक सय किलोसम्म हुन्छ।

शारीरिक बनावटमा समेत कङ्गारुको विविधता पाइन्छ। किनकि सुरुमा यसको तौल निकै कम भए पनि पछि गएर अस्वाभाविकरूपमा वजन बड्ने गर्दछ त्यसैगरी पछाडिको दुवै खुट्टा लामो हुनुका साथै एकदमै मजबुत पनि हुन्छ। यही पछाडिको खुट्टाको मद्दतबाट नै झण्डै २५-३० फिटसम्म उपि|mन सक्दछ। सामान्यतया कङ्गारुले गर्भधारण गरेको ४० दिनपछि १ इन्च लम्बाई र ५-१० ग्राम वजन भएको मस्तिष्क, फोक्सो, नाक, कान, आँखा, खुट्टा आदि कुनै पनि अङ्ग विकसित नभएको बच्चा झण्डै मासुकै डल्लो जस्तो जन्मिन्छ। कङ्गारुमा प्रसव समयमा एक प्रकारको वासना निस्कन्छ। यही वासनाको माध्यमबाट आˆनै पेटमुनि रहेको आˆनै छालाको थैलीभित्र जान्छ र त्यही यसको सम्पूर्ण विकास भई करिब १ वर्षपछि पूर्ण विकसित बच्चा जन्मन्छ। कङ्गारुको पेटमा रहेको यो विशेष प्रकारको थैली यसको विशेष मुख्य विशेषता पनि हो।

मासुको डल्ला जस्तै बच्चा जन्मनु र त्यही थैलीमा आफै प्रवेश गर्नु अनि त्यहीँ सम्पूर्ण अङ्गहरू विकसित भई एक वर्षपछि जन्मी जमीनमा बाँच्ने योग्य भई थैलीबाट निस्कने क्रिया अन्य कुनै जन्तुमा छैन।

विशेष थैलीमा प्रवेश गरेको १५ दिनपछि खुट्टा र खुट्टाको पञ्जा विकसित हुन्छ। १२० दिनमा आँखा खुल्दछ। ७० दिनमा मुख खुल्दछ। १६४ दिनमा शरीरमा रौं उम्रन थाल्दछ। त्यसैगरी १९० दिनपछि त्यस थैलीबाट विकसित बच्चा कुनै कुनै बेला थैलीबाट बाहिर निस्की केही समय जमीनमा खेल्दै भित्र पस्दै खेल्न थाल्दछ।

थैलीभित्र बसुन्जेल आमाको नजीकको स्तनबाट दूध चुस्ने गर्दछ। कङ्गारुको बच्चा जति बढ्दै गयो, दूधमा बोसोको मात्रा पनि त्यति नै बढ्दै जान्छ। कङ्गारुको जातअनुसार बसाइँ पनि थोरै फरक हुन्छ। कुनै जङ्गलमा रूखको फेदमा बस्न रुचाउँछन् त कुनै मैदानमा, कुनै दलदलमा बस्न मन पराउँछन् भने कुनै जाति घना जङ्गलको पहाडमा बस्न मन पराउँछन्।

कङ्गारुले आफ्नो शत्रुसँग प्रत्यक्षरूपमा भिडन्त गरेर पनि आफ्नो ज्यान बचाउन जानेको हुन्छ। कङ्गारुको बडी शत्रुहरू जङ्गली जनावर -कुकुर) एकदम खतरानाक हो। यसले विभिन्न जाल रचि आफू नजीकै लुक्दै बस्छ। जब कङ्गारु चर्दै विस्तारै नजीकै आउँछ, अनि दौडेर गई टोकीटोकी मार्दछ। अजिङ्गर र गिद्धले पनि स-साना र सानो जातको कङ्गारुलाई मारी आफ्नो आहार बनाउछन्। कङ्गारु एक शाकाहारी प्राणी हो। कङ्गारुले पनि गाई, भैसीले जस्तै घाँस पनि खान्छ।

कङ्गारुले एकपटकमा एउटा मात्र बच्चा जन्माउँछ। कङ्गारुको प्रजनन क्षमता ज्यादै बढी हुन्छ। वास्तवमा अस्ट्रेलिया महाद्वीप नै यसको मुख्य क्षेत्र हो। झण्डै १० वर्ष अगाडिको तथ्याङ्कअनुसार यहाँ करिब साढे दुई करोड सङ्ख्यामा कङ्गारु भएको अनुमान गरेको थियो।यसको मासु त्यहाँ निकै मन पराइन्छ। पहिले त कङ्गारुको मासु यहाँबाट विदेशमा समेत निर्यात हुन्थ्यो। पछि त्यहाँका जनताले पनि मासुको तस्करी गर्न थालेपछि सरकारी तवरबाटै यसको निर्यातमा प्रतिबन्ध लगाइयो।वर्षको करिब २० लाख कङ्गारुको शिकार खेल्न सक्ने सरकारी प्रावधान त्यहाँका जनतालाई दिएको छ। यति गर्दा पनि कङ्गारुको सङ्ख्यामा नियन्त्रण हुन सकेको छैन।