कटारी नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

कटारी नगरपालिका उदयपुर जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कटारी र त्रिवेणी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।