कटिहार जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कटिहार जिल्ला
बिहारको नक्सामा कटिहार जिल्लाको अवस्थिति
बिहारको नक्सामा कटिहार जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनपूर्णिया
सदरमुकामकटिहार
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रकटिहार
 • विधानसभा क्षेत्रकटिहार
क्षेत्रफल
 • जम्मा३,०५६ किमी (११८० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,०७१,०२९
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ५२.२४ %
 • लिङ्ग अनुपात921
वेबसाइटआधिकारिक वेवसाईट

कटिहार जिल्ला भारतको बिहार प्रान्तको एउटा जिल्ला हो। यो पश्चिम बङ्गालको सिमानामा स्थित छ। बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरू हुन। पूर्व समयमा यो जिल्ला पूर्णिया जिल्लाको एक भाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरूले शासन गरे । १७७० ई.मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिल्ला ब्रिटिशहरूको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरूले शासन गरे । अत: २ अक्टोबर १०७३ ई.मा स्वतन्त्र जिल्लाको रूपमा घोषित गरियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]