कनकाई बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कनकाई बहुमुखी क्याम्पस
स्थापनावि.सं. २०४७
ठेगाना, , ,
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय
KANAKAI CAMPUS 2
KANAKAI CAMPUS 3

कनकाई बहुमुखी क्याम्पस झापा जिल्ला सुरुङ्गा गा.वि.स. मा रहेको एउटा क्याम्पस हो । यस क्यामपसले त्रिभुवन विश्वविद्यालयबाट मिति २०४७।०९।१० मा सम्बन्धन प्राप्त गरेको छ । २०४७ साल माघ ७ गते वसन्त पञ्चमीका दिन प्रध्यापक कोमलप्रसाद पोखरेलद्वरा कनकाई माध्यमिक बिध्यालयको कक्षा कोठामा प्रमाणपत्र तहका विदयार्थीहरूलाई नेपाली विषय अध्यापन गरी यस क्याम्पसको पढाइ प्रारम्भको विधिवत् उद्घाटन गरिएको थियो भने यसअघि २०४७ पुस २३ गते कनकाई माध्यमिक विद्यालयको प्राङ्गणमा भेला भएको विशाल जनसभामा श्रद्धेय विद्वान् भरत बाबु प्रसाईं (सी.के.प्रसाईं) [१९८८-२०५०] को प्रमुख आतिथ्यमा शिक्षाप्रेमी देवीप्रसाद उप्रेती (१९६९-२०४९) बाट क्याम्पसको उद्घाटन भएको थियो । सोही दिन ख्यातिप्राप्त ज्योतिषि समाजसेवी दुर्गाप्रसाद खरेल (१९७१-२०५०) ले क्याम्पसलाई चन्दा प्रदान गरेर यस क्याम्पसको इतिहासमा प्रथम चन्दादाता हुने सौभाग्य प्राप्त गरेको देखिन्छ । [१][२]

इतिहास[सम्पादन गर्नुहोस्]

वर्तमान अवस्था[सम्पादन गर्नुहोस्]

यस कनकाई बहुमुखी क्याम्पसमा हाल उच्च मा.वि. तहमा शिक्षा, मानविकी र वाणिज्य विषयको पढाइ हुन्छ भने स्नातक तहमा मानविकी, शिक्षावाणिज्य सङ्काय सञ्चालित छन् । त्यसैगरी यहाँ शिक्षा शास्त्र सङ्कायको स्नातकोत्तर कक्षा पनि सञ्चालित छ, जसमा नेपाली शिक्षा, अङ्ग्रेजी शिक्षा र शिक्षा योजना व्यवस्थापन (इ.पी.एम.) विषयको अध्यन अध्यापन हुने गरेको छ।

यस क्याम्पसले भर्खरै विश्वविद्यालय अनुदान आयोगको ५०% अनुदान र क्याम्पसको ५०% लगानीमा लगभग एक करोड चालिस लाखको तिन तले प्रसाशनिक तथा पुस्तकालय पक्की भवन निर्माण गरेको छ । यसको भुइँ तलामा प्रसाशनिक फाँट, लेखा फाँट, परीक्षा फाँट र विभागीय कक्ष रहेका छन् भने दोश्रो तलामा पुस्तकालय कक्ष रहेका छन् । त्यसैगरी तेस्रो तलामा सभा कक्ष र सञ्चालक समितिको कार्यालय रहेको छ । क्याम्पसको पुरानो तिन तले पक्की भवनमा कक्षा सञ्चालन गरिन्छ । क्याम्पस परिसरको पाँच बिगहा जग्गाको उत्तर पश्चिम र दक्षिणतिर इँटाको पर्खालको घेराबारा भइसकेको छ भने पूर्वतिर चाहिं बाँकी नै छ । अहिले यो क्यम्पस कनकाई नगरपालिका वडा नं. ३ मा पर्दछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. कनकाई स्मारिका (२०५१), सुरुङ्गा, झापा : कनकाई क्याम्पस
  2. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति