कन्काई नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Coordinates: 25°52′59″N 87°47′53″E / 25.88306°N 87.79806°E / 25.88306; 87.79806
Kankai River
River
महेन्द्र राजमार्ग अन्तर्गतको कन्काई पुल
देशहरू Nepal, India
सहायक नदीहरू
 - दायाँ रतुवा खोला
स्रोत Mahabharat Lekh
मुख महानन्दा नदी‎
 - स्थान near Dalkhola, किशनगंज जिल्ला‎, Bihar, India
 - निर्देशांक 25°52′59″N 87°47′53″E / 25.88306°N 87.79806°E / 25.88306; 87.79806

कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदीदेउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खला बाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बंगालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको सबैभन्दा लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कन्काई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्‍याइएको छ।

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]