कपासे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कपासे फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
S. gossypiphora
वैज्ञानिक नाम
Saussurea gossypiphora
ससुरियाको अर्को प्रजाति

कपासे फूल अथवा कस्तुरी कमल औषधीय गुण भएको हिमाली वनस्पति हो । अङ्ग्रेजीमा स्नोबल प्लान्ट(snowball plant) भनेर चिनिने यो वनस्पतिलाई कतै कतै हिम कमल पनि भनिन्छ । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ४३०० मिटर देखि ५६०० मिटरको उच्च हिमाली क्षेत्रमा पाइन्छ । [१] लेकाली घाँसका चहुरमा कसैले नौनीको डल्लो लुकाए जस्तो देखिने यो बिरुवा उच्च क्षेत्रमा बादल भन्दा माथिको जाडो खप्न न्यानो कपासभित्र गुटमुटिएको हुन्छ । जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाने तीर्थालुहरू यसलाई सिलुस्वाँ (नेपाल भाषा) भन्दछन् । त्यहाँ जम्मा हुने धामीझाँक्रीहरू औषधोपचारका लागि यो बिरुवा बटुलेर लैजान्छन् । कपासे फूल भूतप्रेत भगाउन मात्र हैन स्त्रीरोगमा समेत प्रयोग हुन्छ । वनस्पतिशास्त्रले यसको नाम 'ससुरिया गोसिपिफोरा' निर्धारण गरिदिएको छ । आकृति विशेषले यसलाई सूर्यमुखी फूलको परिवारभित्रको बिरुवा भन्न वा मान्न गाह्रो पर्दछ । नेपालका कपासकै भकुण्डो जस्तो देखिने यो वनस्पतिलाई नौनी फूल पनि भनिन्छ ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]