कमला थापा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कमला थापा
आमा ज्ञानुमैया कुवर र बाबु विष्णुबहादुर कुवरीकी छोरी कमलाथापाको जन्म काठमाडौको सेती देवी गाविस फर्पीङमा २०१५ सालमा भएको हो। २०३२ साल देखि सक्रिय राजनीतिमा लागेकी थापा नेपाली काग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिपनि हुनुहुन्छ।
कुमार थापा की श्रीमती कमला गजल र धार्मिक कार्यक्रमहरूसुन्नमा विशेष चाख राख्नुहुन्छ। काभ्रेका विभिन्न सामाजिक सङ्घ संस्थामा काम गरिरहेकी थापा हाल काठमाडौंको कुलेश्वरमा स्थायी बसोबास गर्दै आउनुभएको छ। काग्रेसको भात्रृ संगठन नेपाल महिला सघकी पूर्व महासचिव थापाले राजनीतिशास्त्रमा स्नातक तह सम्मको अध्ययन गर्नुभएको छ। महिला कोटामा संविधान सभा सदस्यमा निर्वाचित भएकी थापाले महिलाहरूको हक हित र मानवीय स्वतन्त्रतालाई संविधनमा उल्लेखगर्न आफ्नो प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो।