कमला रोक्का
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
रुकुमकी माओवादी समानुपातिक सभासद् कमला रोका माओवादीको राज्य समितिकी सदस्य पनि हुनुहुन्छ। २०४६ सालदेखि राजनीतिमा लागेकी कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र सारी सोल्जरमा रहेका पात्रहरूमध्ये एक हुनुहुन्छ।
जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला कक्षा १०को परीक्षा नदिदै उनी भूमिगत हुनुभएको थियो। २०५३ सालमा माओवादीको जिल्ला समितिको सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुहुभएको थियो।
रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मेकी कमला लेखिका पनि हुनुहुन्छ। कथा तथा निबन्ध लेख्ने कमलाकी श्रीमान् वाइसीएल अध्यक्ष गणेशमान पुन हुनुहुन्छ। २०३२ साल पुस १५ गते प्वाङ -९ सुद्रीमा जन्मेकी कमला फुर्सदको बेला लेखनमै बिताउनुहुन्छ। उहाँ अन्तरिम संसदमा पनि विधायिका हुनुहन्थ्यो। [१]