कमला शर्मा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कमला शर्मा
सुर्खेत क्षेत्र नं.१ वाट निर्वाचित कमला शर्मा नेकपा एमालेवाट संविधान सभामा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधित्व गर्ने एकमात्र महिला सभासद हुनुहुन्छ। उक्त क्षेत्रमा उम्मेदवार वनाइएका उहाँका पति ऋषिप्रसाद शर्माको चुनावी प्रचार प्रसार चलिरहेको वेला भएको एक झडपमा हत्या भएपछि एमालेले उहाँलाई उम्मेदवार बनाएको हो। उहाँले नेपाली कांग्रेसका लालबहादुर घलेलाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो। प्राथमिक तहसम्मको शिक्षा आर्जन गरेकी कमला शर्मा आफूलाई जनताले महिला भनेर वा सहानुभूतिवश होइन, सबैको एजेण्डा उठाउने व्यक्तिका रूपमा जिताएको ठन्नुहुन्छ। २०१९/०३/१५मा दैलेख कट्रीमा धनिराम शर्माको पहिलो सन्तानका रूपमा जन्मनु भएकी शर्मा २०५२मा एमाले पार्टी संगठित सदस्य हुँदै उहाँले २०५४ सालमा सुर्खेत, घोरेटारमा वडा अध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। तीन छोरीकी आमा शर्मा आफ्नो एकमात्र उद्देश्य आफ्ना पतिको हत्यारालाई कानूनी कारबाही गराउनु रहेको बताउनुहुन्छ। त्यही आरोपमा उहाँले संविधानसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका सभासद तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कामाथि चप्पल प्रहार गर्नु भएको थियो।[१]