करफोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

करफोक[१] इलाम जिल्लाको साविक पञ्चकन्या गाउँ विकास समिति हाल सूर्योदय नगरपालिकामा पर्दछ। यो स्थान मेची राजमार्गबाट ४१ किलोमिटरको दूरीमा रहेको छ। करफोक इलामको पुरानो सदरमुकाम हो।[२] त्यसबेला इलाम जिल्लालाई चारखोला भनिन्थ्यो। पछि यो ठाउँ एक शैक्षिक केन्द्रको रूपमा विकसित हुँदै गयो। स्वामी सोमेश्वरानन्दले यस स्थानमा तपस्या गरेका थिए। विक्रम सम्वत् २०११ मा करफोक माध्यमिक विद्यालयको स्थापना भएपछि यो ठाउँको शैक्षिक महत्त्व अझ बृद्धि भएको हो।[३]

चिसो हावापानी, रमणीय वातावरण र यातायातको सुविधाका कारण यहाँ पर्यटकहरू आउने गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "संक्षिप्त परिचय : इलाम जि.स.स", इलाम जिसस (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ 
  2. चापागाईं, भीम, "इलाम महोत्सव सुरु (फोटो फिचर)", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ 
  3. "समृद्ध सूर्योदय : लुकेका पर्यटकीय गन्तव्यको खोजी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९