कर्णेल मुअम्मर गद्दाफी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
| मुअम्मर गद्दाफी مُعَمَّر القَذَّافِي |
|
२००९ को अफ्रिकी संघको सम्मेलनमा गद्दाफी |
|
|
|
|
| कार्यकाल 1 September 1969 – 23 August 2011 |
|
| राष्ट्रपति : |
See list
|
|---|---|
| प्रधानमन्त्री : |
See list
|
| अग्रज : | Position established |
| अग्रज : | Position abolished |
|
|
|
| कार्यकाल 1 September 1969 – 2 March 1977 |
|
| प्रधानमन्त्री : | Mahmud Sulayman al-Maghribi Abdessalam Jalloud Abdul Ati al-Obeidi |
| अग्रज : | Idris (King) |
| अग्रज : | Himself (Secretary General of the General People's Congress) |
|
|
|
| कार्यकाल 2 March 1977 – 2 March 1979 |
|
| प्रधानमन्त्री : | Abdul Ati al-Obeidi |
| अग्रज : | Himself (Chairman of the Revolutionary Command Council) |
| अग्रज : | Abdul Ati al-Obeidi |
|
|
|
| कार्यकाल 16 January 1970 – 16 July 1972 |
|
| अग्रज : | Mahmud Sulayman al-Maghribi |
| अग्रज : | Abdessalam Jalloud |
|
|
|
| कार्यकाल 2 February 2009 – 31 January 2010 |
|
| अग्रज : | Jakaya Kikwete |
| अग्रज : | Bingu wa Mutharika |
|
|
|
| जन्म : | c. June 1942 Sirte, Italian Libya (now Libya) |
| मृत्यु : | 20 अक्टोबर 2011 (69वर्ष ) Sirte or between Sirte and Misrata, Libya |
| राजनितिक दल : | Arab Socialist Union (1971–1977) |
| जीवनसाथी : | Fatiha al-Nuri (1969–1970) Safia el-Brasai (1971–2011) |
| सन्तान : |
Sons
Daughters
|
| अध्ययन संस्था : | Benghazi Military Academy |
| धर्म : | Sunni Islam |
| हस्ताक्षर : | |
| Military service | |
| Allegiance | |
| सेवा/शाखा : | Libyan Army |
| कार्यकाल : | 1961–2011 |
| दर्जा : | Colonel |
| कमान्ड : | Libyan Armed Forces |
| लडाई/युद्ध | Libyan-Egyptian War Chadian-Libyan conflict Uganda-Tanzania War 2011 Libyan civil war |
| पुरस्कार | Order of the Yugoslav Star Order of Good Hope |
कर्णेल मुअम्मर गद्दाफी ७ जुन १९४२ मा लिबियाको सिर्तमा जन्मेका थिए । उनले लिबियाको सवाहबाट प्रारम्भिक शिक्षा लिएका थिए । उनी इजिप्टका राष्ट्रप्रमुख गमाल अब्दुल नासिरबाट प्रभावित थिए । सन् १९५२ मा प्लोलेस्टानको पक्ष लिएर सुइज क्राइसिसको वेलामा इजरायल विरोधी आन्दोलनमा सहभागी भएका उनी सन् १९६१ मा बेंघाजीस्थित लिबियाली सैनिक एकेडेमीमा अध्ययनका लागि भर्ना भए । सो एकेडेमीबाट उनले १९६६ मा स्नातक सकेका थिए । उनले बेलायतबाट चारमहिने सैन्य तालिम पनि लिए । त्यसपछि उनी कमिसन्ड अफिसरका रूपमा सेनामा प्रवेश गरेका हुन् ।
कर्णेल गद्दाफीले सैन्य शक्तिको प्रयोग गरी सन् १९६९ मा सत्ता हत्याउन सफल भएका थिए । उनी सन् १९०० को दशकपछि अरब क्षेत्रकै सबैभन्दा धेरै समय शासन गर्ने चौथो शासकका रूपमा चिनिए । सन् १९६९ मा सत्ता हत्याएपछि उनले त्यहाँको संविधान अन्त्यको घोषणा गर्दै नयाँ कानुन देशमा ल्याए, जसलाई दि इन्टरनेसनल थ्योरी भनियो ।
गद्दाफीले 'दि गि्रन बुक' नामक पुस्तक पनि प्रकाशन गरेका छन् । उनले आफूलाई 'दि ब्रदर लिडर', 'गाइड अफ दिन रिभोलुसन' र 'किङ् अफ दि किङ्' का रूपमा मान्थे । उनको शासनकालमा लिबियाका जनताको प्रतिव्यक्ति आयमा समेत उल्लेख्य वृद्धि भयो ।
सन् २०११ मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो । सो प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रह्यो । नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइयो । निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पार्दै लग्यो । गद्दाफीको गृहनगर सिर्तमा भएकै आक्रमणमा उनी मारिए । [१]